Comments Add Comment

‘रणवीर’बाट सुवेक्षाको फिल्मी यात्रा

सन् २०१२ मा आयोजित ‘मिस नेपाल’मा सुवेक्षा खड्काले ‘मिस इन्टरनेशनल नेपाल’को उपाधि जितेकी थिइन् । यसपछि, स्टेज कार्यक्रम र टेलिभिजनमा बढी व्यस्त देखिएकी खड्का अब भने चलचित्रको पर्दामा देखिदैछिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘रणवीर’ माघको १८ गतेबाट रिलिज हुँदैछ ।

नेपाली चलचित्रमा ‘मिस नेपाल’ प्रतिस्पर्धासँग जोडिएका धेरै सुन्दरीले पाइला राखिसकेको अवस्थामा सुवेक्षाले पनि सोही बाटो समातेकी हुन् । सुवेक्षालाई यो चलचित्रमार्फत संभावना बोकेकी एक नायिकाको रुपमा हेरिएको छ । उनी भन्छिन्–‘म मिस नेपालमा भाग लिइसकेपछि चलचित्रमा आउन खोजेकी थिएँ । धेरै चलचित्रको कथा पनि सुनेकी हुँ । तर, मलाई कथा खासै मन परेन । तर, जब यो चलचित्रको कथा सुने । यसपछि भने काम गर्ने इच्छा जाग्यो ।’

उनले चलचित्रको टिम पनि राम्रो भएको सुनाइन् । लभ स्टोरी र एक्सन मिश्रित यो चलचित्रमा सुवेक्षाको साथमा सुशिल सिटौला, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । चलचित्रमा गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको लगानी छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको एक्सन, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment