Comments Add Comment

पढ्नलाई पनि पालो कुर्नुपर्छ !

१९ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका– १९ लेकपानीको जीवनज्योति आधारभूत विद्यालयका बिद्यार्थीहरुले पढ्नका लागि पालो कुर्नुपर्छ । भूकम्पपछि विद्यालय पुननिर्माण भएपनि डेक्स–बेन्च नपुग्दा बिद्यार्थीहरु पढ्नलाई पालो कुर्न बाध्य छन् ।

भूकम्पमा भवन भत्कदा पुरानो डेक्स–बेन्च काम नलाग्ने भयो । तर, नयाँ जोहो गर्न नसकिएको प्रधानाध्यापक कुमारसिंह गोलेले बताए । उनका अनुसार ४ वटा कक्षा गाभेर दुईटा बनाउँदा पनि विद्यार्थीहरुलाई डेक्स–बेन्च पुगेको छैन ।

भूकम्पपछि विद्यालयको भग्नावशेष हटाउँदा घाइते भएका ज्ञानबहादुर घलानको उपचारमा पैसा खर्च हुँदा डेक्स बेञ्च बनाउन रकम अभाव भएको प्रअ गोलेले बताए । उनले भने, ‘घाइतेको उपचारमा मात्र २ लाख ३७ हजार रुपैंया सकियो, विद्यालय ३ लाख १६ हजार ऋणमा छ ।’

बिद्यालयमा कुल ३७ बिद्यार्थी छन् । अहिले २ कक्षाका ३ र ३ कक्षाका ६ जना विद्यार्थी एउटा कोठा र ४ कक्षाका ८ र ५ का ६ जना एक कोठामा पढ्छन् । कक्षा २ का विद्यार्थीहरुलाई पढाउँदा ३ कक्षाहरु बाहिर बसेर पालो कुर्ने गर्छन् ।

त्यस्तै ४ लाई पढाउँदा ५ कक्षाहरु बाहिर कुरिरहेका हुन्छन् । विद्यार्थीलाई पुग्दो डेक्स–बेन्च नै नभएको विद्यालयमा खानेपानी र शौचालयको सुविधा हुने कुरै भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment