Comments Add Comment

अमेरिकी राजदूतले भेटे ऊर्जामन्त्री, एमसीसी परियोजनाबारे छलफल

१९ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ । सिंहदरवास्थित उर्जामन्त्रालयमा विहिवार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापुर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीको लागी उपयुक्त वातावरण भएको धारणा राखे ।

उनले नेपाल र अमेरिकाबीच न्यानो सम्बन्ध रहेको भन्दै अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका नेता पुनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ नयां उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री पुन र राजदूत बेरीबीच मिलेनियम च्यालेन्ज कर्पोरेशन -एमसिसी) परियोजनाको तयारीको विषयमा समेत छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले एमसिसी परियोजना निर्धारित समयभित्रै पुरा गर्ने गरी सरकारले तयारी गरिरहेको बताए । कानुनी जटिलताका कारण एमसिसी परियोजना रोकिने अवस्था आउन नदिने गरी काम भइरहेको मन्त्री पुनको भनाई थियो ।

आर्थीक विकासको गतीको आधारमा उर्जामन्त्रालयले उर्जा क्षेत्रको स्वेतपत्र जारी गरेको भन्दै मन्त्री पुनले नेपाललाई १० वर्षमा १५ हजार मेगावाट विजुली आवश्यक हुने जानकारी दिए ।

उनले आफू उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै प्रशारण लाइनको गुरुयोजना सार्वजनिक गरेको समेत बताए ।

मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थीक विकास रहेको भन्दै त्यसका लागि नेपाललाई लगानी आवश्यक हुने भएकाले अमेरिकन लगानीकर्तालाई नेपालमा लगानीको लागी वातावरण बनाईदिन समेत उहाले आग्रह गरे ।

भेटमा अमेरिकी राजदूत बेरीले नेपालको उर्जा क्षेत्रमा साझेदारी गर्न अमेरिका ईच्छुक रहेको धारणा राखे ।

उनले एमसिसी परियोजनाबारे उर्जामन्त्रालयको प्राथमिकताबारे चासो राख्नुभएको थियो । राजदूत बेरीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अमेरिका भ्रमणमा अमेरिकी विदेशमन्त्री माइक पम्पेसँग एमसिसी परियोजनालाई अघि बढाउने विषयमा महत्वपुर्ण छलफल भएको जानकारी समेत दिए ।

‘एमसीसी परियोजनामा साझेदारीका लागी धन्यवाद दिन चाहन्छौं,यसको कार्यान्वयनपछि नेपालमा भौतिक पूर्वाधारणको विकास हुनेछ, त्यसका लागि आगामी दिनमा समेत हामी नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौ,’ उर्जामन्त्री पुनसँगको भेटमा राजदूत बेरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment