Comments Add Comment

छोराछोरीको कमाइमा बाबुआमाको हक ! तलबको निश्चित रकम बैंकमा राखिदिनुपर्ने

१९ पुस, काठमाडौं । अहिलेसम्म छोराछोरीले आमाबुबाको सम्पत्तिमा हक दाबी गर्दै आएका थिए । तर, जेष्ठ नागरिसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट हुबहु पास भयो भने छोराछोरीको कमाईमा बाबुआमाको हक लाग्छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले यो विधेयक तत्काल संसदमा दर्ता गर्ने निर्णय गरेको छ । विधेयकले छोराछोरीले आफ्ना पारिश्रमिकको निश्चित रकम आमाबुबाको खातामा जम्मा गर्नु पर्ने व्यवस्था गरेको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

यसको मुख्य उद्देश्य जेष्ठ नागरिकको जीवन सहज र सुरक्षित बनाउनु भएको उनको भनाइ छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गत वर्ष नै यो विधेयक तयार पारेको थियो । बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना आमाबुबालाई कमाईको १० प्रतिशत दिनुपर्ने प्रस्ताव गरिएको थियो ।

विधेयक हुबहु पास भएमा छोराछोरीले आफ्नो पारिश्रमिकबाट निश्चित रकम मासिक रुपमा बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्नेछ । सार्वजनिक पद धारण गरेका, निजी संस्थाबाट नियमित पारिश्रमिक लिने, स्वरोजगार, ब्यापार व्यवसाय गर्ने र निवृत्तिभरण पाइरहेकाहरुले आमाबाबुको बैंक खतामा यसरी रकम जम्मा गर्नुपर्छ ।

बाबुआमा सगोलमा भए संयुक्त र भिन्न बसेको भए चाहेको बाबु र आमाको खातामा जम्मा गर्नुपर्छ ।

जेष्ठ नागरिकलाई दुव्र्यवहार गर्नु र झुक्याएर सम्पत्ति लिनुलाई दण्डनीय बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment