Comments Add Comment

निरन्तर ओरालो लाग्दै सेयर बजार, ५ दिनमै ३६ अंकको गिरावट

१९ पुस, काठमाडौं । यो साता सेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो कारोबार आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर साताको अन्तिम कारोबार बिहीबारसम्म आइपुग्दा १.५६ अंकले ओरालो लागेको हो ।

साताभरीमा ५ दिन भएको कारोबारमा नेप्से परीसूचक ३६ दशमलव ५२ अंकले ओरालो लागेको छ ।  साताको पहिलो दिन आइतबार १० दशमलव ६२ अंकले, सोमबार १६ दशमलव २६ अंकले, मंगलबार १ दशमलव ३६ अंकले, बुधबार ५ दशमलव ४२ अंकले र बिहीबार १ दशमलव ५६ अंकले ओरालो लाग्दा सातामा ३६ दशमलव ५२ अंकको गिरावट देखिएको हो ।

लगतार ओरालो लाग्दा बिहीबार नेप्से परिसूचक १ हजार १ सय ७८ दशमलव ८७ को बिन्दुमा झरेको छ । बिहीबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ४८ अंकले घटेर २ सय ५० दशमलव ०६ को बिन्दुमा पुगेर बन्द भएको छ ।

कारोबार रकम पनि सातामा गिरावट देखिएको छ । बिहीबार दिनभर भएका १ सय ५८ कम्पनीको कारोबारबाट ७ लाख ९७ हजार ६ सय १३ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम २७ करोड ६९ लाख ५६ हजार ३ सय १ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अघिल्लो साताको तुलनामा कारोबार रकममा ठूलो गिरावट आए पनि बुधबारको तुलनामा भने कारोबार रकम वृद्धि भएको छ ।

आइतबार २५ करोड ७६ लाख ७ हजार १ सय ६६ रुपैयाको सेयर कारोबार भएको थियो । बिहीबार कारोबार रकमका आधारमा नेपाल बै.क अग्रस्थानमा देखिएको छ ।

२ करोड ६१ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएर नेपाल बैंक पहिलो नम्बरमा देखिएको हो ।

यस अघि बुधबार भने कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनीको पहिलो नम्बरमा देखिएको थियो । चिलिमेको बुधबार २ करोड २८ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेर पहिलो नम्बरमा पर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment