Comments Add Comment

मिलन चाम्सको ‘श्राप’ कस–कसलाई लाग्ने हो ?

मिलन चाम्स चलचित्र निर्देशनको मेसिन हुन् भन्दा फरक पर्दैन । उनकै भाषामा भन्नुपर्दा, उनले एकैदिनमा ३ वटासम्म चलचित्रको काम गरेका छन् । चलचित्रले व्यापारिक रुपमा सफलता हात पारोस् या नपारोस्, समिक्षक र दर्शकले राम्रो भनुन् या नभनुन्, उनले नेपालमा आयोजना हुने धेरैजसो अवार्डमा ‘उत्कृष्ट निर्देशक’को विधामा अवार्ड जितेका छन् । उनको चलचित्र निर्माण र काम गराई हेर्दा गुँदी भन्दा बोक्रा रंगिन हुनेगर्छ ।

उनै, मिलन चाम्सले आफू निर्देशित चलचित्र ‘वीर विक्रम २’को पत्रकार सम्मेलनमा घुमाउरो तरिकाले आफ्नो बारेमा नकारात्मक कुरा गर्नेलाई श्राप दिने र आफूले दिएको श्राप लाग्ने पनि बताइदिए । पत्रकारको प्रश्नमा प्राय चाम्सको प्रेसर बढ्छ र उनी आक्रोशित भैहाल्छन् । बजारमा चलेका चर्चालाई स्पष्ट पार्नु चलचित्रकर्मीको दायित्व हो । तर, बजारमा चलेको चर्चा आफ्नो विरुद्धमा भयो भन्दैमा त्यस्तो हल्ला चलाउनेलाई श्राप दिन्छु भन्नु एउटा निर्देशकका लागि खासै तर्कसंगत कुरा थिएन ।

किनकी, मिलन चाम्सलाई नेपाली चलचित्रले राम्रो निर्देशकको रुपमा हेर्ने गरेको छ । मिलन चाम्सले बोलेको यो भिडियो युटुबमा अपलोड भएपछि धेरै दर्शकले उनको कुराले हाँसो लागेको बताएका छन् ।

हो, बजारमा सेलिब्रिटीको बिषयमा गसिप चल्छन् । त्यसलाई सभ्य भाषामा स्पष्ट पार्न सक्नुपर्छ । तर, मिलन चाम्सले उल्टै म श्राफ दिन्छु र आफूले दिएको श्राफ लाग्छ भनेर कसलाई चेतावनी दिएका हुन् ? एउटा जिम्मेवार निर्देशकबाट दर्शक र मिडियाले यस्तो जवाफको अपेक्षा गर्न सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment