Comments Add Comment

अझै स्वीकृत भएन दिगम्बर झाको राजीनामा

२० पुस, काठमाडौं । सरकारले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई राजीनामा दिन लगाएको र उनले राजीनामा दिएको चर्चा चले पनि अहिलेसम्म झाको राजीनामा स्वीकृत भएको छैन ।

दूरसञ्चार प्राधिकरणको वेबसाइटमा अझै झाको नाम अध्यक्षमै देख्न सकिन्छ । स्रोतका अनुसार सरकारले झाको राजीनामा अझैसम्म स्वीकृत गरेको छैन । विहीबारको क्याबिनेटले पनि झाको राजीनामा स्वीकृत गरेन ।

पछिल्लो समय नेकपाभित्र झाको नियुक्तिलाई लिएर तीव्र असन्तुष्टि बढिरहेका बेला एकाएक उनको राजीनामा आएको थियो । यसै साता ६५ वर्षे उमेर हदका कारण पदबाट हट्नुपर्ने बाध्यतामा रहेका झाले प्रधानमन्त्री ओलीमाथि आलोचना बढेपछि राजीनामा दिएका थिए ।

सञ्चार मन्त्रालय स्रोतका अनुसार झाको राजीनामा सनाखत हुन ढिलो भएकाले अहिलेसम्म स्वीकृत नभएको हो । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘झाको राजीनामा मन्त्रालयबाट सनाखत भइसकेको छ । तर, विहीबारको क्याबिनेटमा समयाभावका कारण प्रस्तुत हुन नपाएकाले अर्को बैठकबाट राजीनामा स्वीकृत हुन्छ ।

दूरञ्चार प्राधिकरणमा अध्यक्षको कार्यवाहक जिम्मेवारी बरिष्ठ निर्देशक पुरुषोत्तम खनालले सम्हालिसकेको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment