+
+
Shares

भविष्यमा बुढ्यौलीपन रोक्न सम्भव छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २२ गते ९:३०

गीत नै छ, हिजोको बाला, आजको यौवन, भोलि त डुब्छ रे । जीवन चक्र हो, बाल्यकाल, किशोरवय, युवा, वयस्क हुँदै हामी बुढ्यौलीमा प्रवेश गर्छौं । बुढ्यौली ? सायद यो शब्द पनि निकै रुखो र दिक्कलाग्दो लाग्छ हामीलाई । किनभने बुढ्यौली आफैमा एक असहज अवस्था हो ।

बुढ्यौलीले छोपेपछि आफूलाई कमजोर महसुस गरिन्छ भने अरुमा बढी आश्रति हुनथाल्छ ।  त्यसैले, मानव जीवनमा बुढेसकाल जीवनकै सबैभन्दा खराब समय मानिन्छ ।  त्यसैले, कुनै पनि मानिस बुढो हुन चाहँदैन । कोही पनि मानिस बुढेसकाल झेल्न चाहँदैन ।

एक शोधका अनुसार बुढेसकालमा हुने  क्यान्सर, अल्जाइमर तथा हड्डी सम्बन्धि रोगका कारण विश्वभरमा प्रत्येक दिन करिब एक लाख वृद्धवृद्धाको मृत्यु हुने गर्छ ।

त्यसैले, बुढ्यौलीपना अहिले विश्वमै चिन्ताको विषय बनेको छ । विश्वका ठूल्ठूला वैज्ञानिक तथा शोधकर्ताहरु समेत बुढ्यौलीपनबाट बच्ने उपायबारे सोचिरहेका छन् । सुन्दा अचम्म लाग्ला तर बुढ्यौलीपना रोक्न अहिले विश्वमा जुन किसिमको अध्ययन अनुसन्धान भइरहेको छ त्यसले के थाहा भएको छ भने भविष्यमा बुढेसकाल आउनबाट रोक्न केही विशेष किसिमका किटाणु तथा थ्री-डी पि्रन्टेड अंगले विशेष भूमिका निभाउनेछन् ।

के हो बुढ्यौलीपन  ?

के हो बुढ्यौलीपना ? किन हुन्छ ? डेनमार्कका चिकित्सक डा. कारे कि्रससेनका अनुसार निश्चित उमेरसम्म हाम्रो शरीरमा कोशिका निर्माण हुने क्रम चलिरहन्छ । बढ्दो उमेरसँगै यो क्रम कमजोर हुनथाल्छ र काम नलाग्ने कोशिका शरीरमा जम्मा हुन थाल्छ ।

यही कोशिका पछि गएर बुढ्यौलीको कारक बन्छ । डा. कारे आफै पनि डेनिश एजिंग रिर्सच सेन्टर चलाउँछन् । मानिसहरुलाई रोग लाग्नबाट बचाउनु नै उनको पहिलो कोशिश रहन्छ । किनकी मानिस जति धेरै विरामी हुन्छ, मानिसहरु त्यति नै छिटो बुढो हुन्छन् ।

उन्नाइसौ शताब्दीको सुरुवातसम्म विश्वभरमा मानिसको औषत आयु चालीस वर्षको थियो । तर आज मानिस लामो र स्वस्थकर जीवन जिउन सफल भएका छन् । उत्तरी युरोपतिर मानिसहरुको औषत आयु ८० वर्षको सम्म रहने गरेको छ । भविष्यमा छिटै नै अन्य मुलुकहरुमा पनि मानिसको औषत आयु ८० वर्षको हुनेछ ।

यसको सबैभन्दा ठूलो कारण भनेको रोगप्रतिको नियन्त्रण हो । जबसम्म विश्वमा रोग र औषधीमा अनुसन्धान हुँदैनथ्यो, तबसम्म मानिसहरुको मृत्यु अल्पायुमै हुने गर्थ्यो ।

अहिले रोग र औषधीमा आएको विकासका कारण मानिसहरुले बुढेशकाललाई रोक्न सकेका छन् । स्वास्थ्यमा विशेष ध्यान दिएर तथा निरोगी भएर पनि मानिसहरु आˆनो मृत्युलाई टार्न सक्नेछन् ।र, यसको सुरुवात दाँतबाट गर्न सकिनेछ ।

अंग प्रत्यारोपण अर्को विकल्प

डा. कारेका अनुसार कुनै पनि व्यक्तिको स्वास्थ्यावस्थाको पहिचान उनीहरुको दाँतबाट गर्न सकिन्छ । दाँत मजबुत भएमा कुनै पनि खानेेकुरा राम्ररी चपाएर खान सकिन्छ । र, खाना राम्रो भएमा शरीर पनि स्वस्थ रहन्छ । साथै, मानिसका सामान्य ज्ञान पनि राम्रो हुन्छ ।

हुन त पछिल्लो समय बृद्धवृद्धाको दाँत पनि मजबुत हुन थालेका छन् । अवस्था बद्लिरहेको छ । भविष्यमा यसमा अझै सुधार आउनेछ ।

अहिलेसम्म प|mान्सकी ज्यान लुई कालमेन्टको नाम विश्वकै सबैभन्दा वृद्ध महिलामा पर्ने गरेको छ । सन् १९९७ मा १२२ वर्षको उमेरमा कालमेन्टको मृत्यु भएको थियो ।

यो कुरा झण्डै बीस वर्ष अगाडीको हो । त्यसबेलादेखि अहिलेसम्म स्वास्थ्य र प्रविधिको विकासमा विश्वले निकै ठूलो फड्को मारिसकेको छ ।

मुटु, कलेजो, मिर्गौला लगायतका संवेदनशील अंगहरुले काम गर्न छोडेमा मानिसको मृत्यु हुने गर्छ । यस्ता अंगलाई स्वस्थ अंगसित प्रत्यारोपन गरेमा मानिस लामो समय बाच्न सक्छ । तर अहिले विश्वभरमा वृद्धवृद्धाको संख्या यति धेरै छ कि उनीहरु सबैको लागि नयाँ अंगको बन्दोवस्त गर्न सकिदैन ।

त्यसैले, भारतले हालैमा बायोफिजिस्ट तुहिन भौमिकले कृतिम तथा सजिलै बोक्न सकिने अंग बनाउनेबारे सोचेका छन् । उनका अनुसार एमआरआई तथा सिटी स्क्यानद्धारा मानिसको शरीरका अंगहरुको निश्चित साइज तथा आकार पत्ता लगाउन सकिन्छ । त्यही मोडेललाई कम्प्यूटरमा फिट गरेर सामान आकार तथा साईजको अंगलाई थ्री-डी पि्रन्टमार्फत निर्माण गर्न सकिन्छ ।

उनका अनुसार यसमा उच्चकोटीको मसीको प्रयोग गरिन्छ । भौमिकले यस्तो उपकरण तयार पारिसकेका छन्, जसमा प्रोटिन तथा विरामीको शरीरका कोषिकाद्धारा निर्मित मसीको प्रयोग गरिन्छ । ‘त्यसैले, यस्ता अंगलाई शरीरले नस्वीकार्ने सम्भावना पनि ज्यादै न्युन हुन्छ’, भौमिकले भने ।

भौमिक र उनका टीमले यस अघि नै पहिलो मानव कलेको टिस्यू बनाईसकेका छन् र अब उनीहरु पोर्टेबल मिनिएचर कलेजो बनाउने तयारीमा छन्, जसलाई बोकेर विरामी विश्वका कुनै पनि कुनामा पुग्न सक्छन् ।

उनीहरुले यस प्रकारको कलेजो आगामी दश वर्ष भित्रमा बनाउने लक्ष्य लिएका छन्, जसलाई शरीरमा फिट गर्न गरिनेछ । भौमिकका अनुसार उनीहरु यो अनुसन्धानमा सफल भएमा वृद्धवृद्धाको उमेरलाई लम्ब्याएर १३५ वर्षसम्मको बनाउन सकिनेछ ।

माइक्रोबायोमको उपयोगिता ?

मानव शरीरको भित्र र बाहिर सुक्ष्म किटाणुहरु रहने गर्छन्, जसलाई नांगो आखाले देख्न सकिदैन । व्याक्टेरिया, फंगस, लगातका कयौ प्रकारका व्याक्टेरिया यस्ता किटाणुको सुचीमा पर्छन् । विज्ञानको परिभाषामा यसलाई माइक्रोबायोम भनिन्छ । यही माइक्रोबायोम नै रोगका कारण हुन्छन् भने हामीलाई स्वस्थ राख्न पनि माइक्रोबायोम जरुरी हुन्छ ।

हालैमा सम्पन्न एक शोध अनुसार मानव शरीरका लागि कुनै अंग जति महत्वपूर्ण हुन्छ, त्यति नै माइक्रोवियोम पनि शरीरका लागि आवश्यक हुन्छ

हालैमा सम्पन्न एक शोध अनुसार मानव शरीरका लागि कुनै अंग जति महत्वपूर्ण हुन्छ, त्यति नै माइक्रोवियोम पनि शरीरका लागि आवश्यक हुन्छ । यही कुरालाई पुष्टी गर्न अमेरिकाका बेलर कलेज अफ मेडिसिनका प्रोफेसर मंेग वांग लागिपरेका छन् । उनी माइक्रोबायोमद्धारा बुढ्यौलीपनाको असर कम गर्न सकिन्छ कि सकिदैन भनेर अनुसन्धान गरिरहेका छन् ।

यही शोधका लागि उनले विशेष किसिमका किटाणुको छनौट गरेका थिए, जसको उमेर आफैमा निकै सानो थियो । प्रोफेसर वांगले किटाणुको पेटमा रहेका व्याक्टेरियालाई झिकेर अर्को किसिमको किटाणुमा हालिदिएका थिए । तीन साता पश्चात्त उनले के फेला पारेका थिए भने जुन किटाणु सो अवधीसम्म मरिसक्नु पर्थ्यो, त्यसमध्य धेरै किटाणु जिउँदो रहनुका साथै स्वस्थ पनि थिए ।

प्रोफेसर वांगले यही शोध मुसामा पनि लागु गरेका छन् । यदी यो शोध सफल भएमा यस्ता औषधी निर्माण गरिनेछ जसको सेवनले मानिसको उमेर सय देखि दुई वर्षसम्म बढ्न सक्नेछ ।

त्यतमात्र हैन, बेलायतको एक्सटर विश्वविद्यालयमा मोलिक्युलर जेनेटिक्सका प्रोफेसर लोरेना हेरिसका अनुसार निकै चाँडै  अनुसन्धानद्धारा यस्तो रसायन तयार पारिन्छ जसको मद्दतले बुढो भएको कोशिका एक पटक फेरी जवान देखिनेछ र जवान कोषिकालाई बुढो हुनबाट रोक्न सकिनेछ । यसले न त उमेरलाई ढल्कनबाट राक्न सकिनेछ, कयौ रोगसित लड्न समेत मद्दत मिल्नेछ ।

तर अब यही प्रश्न उठ्छ कि यदी हामीले बुढ्यौलीलाई रोक्न सक्यौ भनेपनि कतिसम्म रोक्न सकौला ?तुहिन भौमिकको कुरामा विश्वास गर्ने हो भने कम्तीमा पनि १३५ वर्षसम्म त मानिस मजाले बाच्न सक्छन् । तर फेरि मृत्यु नै साश्वत सत्य हो । मृत्युलाई आजसम्म कसैले जित्न सकेको छैन । त्यसैले, मृत्युको चिन्तामा डुब्नु भन्दा जिवनलाई कसरी हुन्छ, स्वस्थ र खुशी बनाउन सकिन्छ, त्यसतर्फ ध्यान दिन जरुरी छ । विविसी हिन्दीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?