Comments Add Comment

दीपिकाका ७ फिल्म, जसले उनलाई ‘सय करोड’ क्लबकी ‘रानी’ बनायो

बलिउडकी सुन्दर तथा बोल्ड नायिका दीपिका पादुकोण आफ्नो जन्मदिनको सेलिव्रेशनमा मस्त छिन् । उनको जन्म जनवरी ५ मा भएको हो । दीपिका पादुकोण नायक रणवीर सिंहसँगको ६ बर्ष लामो प्रेम सम्बन्धमा रहेर हालै मात्र विवाह बन्धनमा बाँधिएकी हुन् । दीपिका पादुकोणको गतबर्ष चलचित्र ‘पद्यमावत’ रिलिज भयो जसले बक्स अफिसमा तिन सय करोडको कमाई गर्यो । यो बर्ष उनको चलचित्र रिलिज हुन्छ या हुँदैन, टुंगो छैन । दीपिका बलिउडकी नम्बर १ नायिका हुन् । उनलाई नम्बर १ बनाउनका लागि ७ वटा चलचित्रको विशेष भूमिका छ, जसले सय करोड भन्दा बढी कमाई गरेर उनलाई सय करोड क्लबकी ‘रानी’ बनाइदिएका थिए ।

दीपिका अभिनित ‘रेश २’ सय करोडमा पुग्ने उनको पहिलो चलचित्र हो । दीपिका पादुकोणको साथमा नायक सैफअली खान र जोन अब्राहिम यो चलचित्रको मुख्य भूमिकामा छन् । यो चलचित्रले सय करोडको आँकडा छोएको मात्र थियो ।
दीपिका अभिनित अर्को चलचित्र ‘ये जवानी हे दिवानी’ले बक्स अफिसमा १८८ करोडको व्यापार गरेको थियो । यो चलचित्रमा उनी रणवीर कपुरको जोडीको रुपमा देखिएकी छिन् ।

रणवीर सिंह र दीपिकालाई प्रेम सम्बन्धमा जोडेको चलचित्र हो ‘रामलीला’ । यो चलचित्रले बक्स अफिसमा ११६ करोडको कमाई गरेको थियो । मल्टिस्टारर कलाकार रहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’ दीपिकाको करिअरको सफल चलचित्र मानिन्छ । यो चलचित्रले बक्स अफिसमा २०३ करोडको कमाई गरेको थियो । दीपिकाको अर्को सफल चलचित्र हो ‘बाजिराओ मस्तानी’ । रणवीर सिंह, प्रियंका चोपडा र दीपिकाको मुख्य भूमिका रहेको यो चलचित्रले भारतीय बक्स अफिसमा १८४ करोडको कर्माइ गरेको थियो ।

दीपिकाको सर्वाधिक सफल चलचित्रमा पर्छ, ‘चेन्नई एक्सप्रेस’ । कमेडी कथाको यो चलचित्रले बक्स अफिसमा २२७ करोडको कमाई गरेको थियो । साहरुख खानसँग दीपिका तेश्रो पटक यो चलचित्रमा देखिएकी थिइन् । दीपिकाको करिअरमा सय, दुई सय मात्र होइन, तिन सय करोड कमाई गर्न सफल चलचित्र पनि छ । उनी अभिनित चलचित्र ‘पद्यमावत’ले बक्स अफिसमा ३ सय करोडको आँकडा छोएको छ ।

यी चलचित्रको कारण दीपिका बलिउडमा नम्बर १ स्थान बनाउन सफल भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment