Comments Add Comment

स्वस्तिमाले लिइन् स्वस्तिमाकै इन्टरभ्यू(भिडियो)

चलचित्र निर्माण मात्र गरेर हुँदैन, प्रचारको शैली पनि नयाँ बनाएको खण्डमा दर्शकसम्म पुग्न सजिलो हुन्छ । नेपाली चलचित्रमा प्रचारको खासै नयाँ तरिका पाइदैन । तर, फागूण ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’को निर्माणपक्षले नयाँ तरिका अपनाएको छ । जसले चलचित्रको प्रचारमा फाइदा मिलेको छ ।

गीत सार्वजनिक गर्दा होस् या टिजरमा नयाँ प्रयोग गरेर होस्, दर्शकसम्म पुग्नका लागि नयाँ तरिका अपनाइएको छ । यहीक्रममा, चलचित्रमा टेम्पो चालकको रुपमा रहेकी नायिका स्वस्तिमा खड्काले आफूसँग आफ्नै इन्टरभ्यू लिएकी छिन् ।

स्वस्तिमाले चलचित्रमा ‘रनकला’ बनेकी स्वस्तिमाको इन्टरभ्यू गरेकी छिन् । निर्देशक विनोद पौडेलले स्वस्तिमाले चलचित्रमा निर्वाहा गरेको भूमिकालाई दर्शकमाझ परिचित गराउनका लागि यो शैली अपनाएको बताए । सार्वजनिक २ टिजरमा ‘चोपेन्द्र’ पात्रलाई स्थापित गराउन सफल भएको भन्दै उनले अब ‘रनकला’लाई स्थापित गराउन यो तरिका अपनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment