Comments Add Comment

शिवम् सिमेन्टले १२० जना ग्राहकलाई हेलिकोप्टरबाट गोसाईकुण्ड लैजाँदै

२२ पुस, काठमाडाैं । शिवम् सिमेन्टद्वारा सञ्चालित ‘लक्ष्मी हातमा देव दर्शन शिवमकाे साथमा’  उपभोक्ता योजना अन्तर्गतको हेलिकप्टरबाट काठमाण्डौं-गोसाईकुण्ड-काठमाण्डौं, देव दर्शन यात्राको पहिलो चरण विजेता सार्वजनिक गरिएकाे छ ।

६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की-ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएकाे छ ।

शिवम् सिमेन्टले गत ५ पुसदेखि सञ्चालित याेजना अन्तर्गत ग्राहकले प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन प्राप्त गर्ने कम्पनीले भनेकाे छ ।

सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं-गोसाईकुण्ड-काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की-ड्र मा भाग लिन सकिने व्यवस्था मिलाइएकाे कम्पनी बताउँछ ।

योजना सार्वजनिक गरिएको छोटो अवधिमै धेरै ग्राहक सहभागि भएकाे कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार मुलुकभरबाट संकलित सो अर्धकट्टीहरु मध्येबाट प्रथम चरणको लक्की-ड्र गरिएकाे हाे ।

जसमध्ये प्रत्येक कुपन वापत २ जना विजेता गरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्ने कम्पनीले बताएकाे छ ।

योजना अन्तर्गत हात खाली नजाने पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका साथै लक्की ड्र मा प्रत्येक भाग्यशाली विजेता कुपन मार्फत २ जना गरी ३६२ जनाका लागि हेलिकप्टरबाट गोसाइकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

 

यी हुन् लक्की-ड्र बाट छानिएका विजेताः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment