Comments Add Comment

कपडा तस्करीपछि लागुऔषधको धन्दा

२२ पुस, विराटनगर । मोरङकी एक महिलाले कपडा तस्करीमा नाफा कम भएपछि लागु औषध तस्करीमा लागेको भेटिएको छ ।

मोरङको धनपालनथान गाउँपालिका ६ की ३५ वर्षीय मीना राम केही बर्षअघि सम्म भारतबाट नेपालतर्फ कपडा तस्करी गर्ने ब्यक्तीको रुपमा चिनिन्थिन् । तर कपडा तस्करीमा केही समय गुमनाम बसेकी मीना पछिल्लो समय लागु औषध तस्करीमा लागेको भेटिएको हो ।

भारतको जोगवनीबाट लागुऔषध नेपाल भित्र्याएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । उनी शुक्रबार दिउँसो प्रहरीले विराटनगरस्थित महेन्द्र चोकबाट लागुऔषधसहित पक्राउ परेकी थिइन् । जोगवनीबाट छोटु नामले परिचित लागु औषध कारोबारीबाट लिएर आउदै गर्दा उनको साथबाट प्रहरीले लागु औषध बरामद गरेको थियो ।

रामले बोकेको झोलाबाट प्रहरीले दुई लिटर कोरेक्स हालिएको तेलको ग्यालेन सहित डाइजेल्याव ५०, नुरफिन ५०, फेनारगन ५० एम्पुल पनि बरामत गरेको थियो । लागु औषध आयात गर्दै गरेको सूचनाका आधारमा महिलालाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

विराटनगर ९ मा डेरा नै लिएर बस्दै आएकी रामलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो । डीएसपी श्रेष्ठले मीना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ग्रामीण क्षेत्रमा घर भए पनि मीनाले लागूऔषधकै कारोबार सञ्चालन पतिसंग सम्बन्ध विच्छेद गरेर विराटनगरमा डेरा लिएर बसेको खुलेको हो । प्यारालाइसिसले पति अपाङ्ता बनेपछि सम्बन्ध विच्छेद गरेर उनी अलग्गै बस्दै आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment