Comments Add Comment

रोग प्रतिरोधी क्षमता बढाउने यस्ता छन् उपाय

जाडोमा रुघाखोकी, ज्वरो लगायत विभिन्न रोगहरुको संक्रमणदर उच्च हुन्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्छ । त्यसैले, यस्ता रोगको संक्रमण नहोस् भन्नाका लागि सबैभन्दा पहिलो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन जरुरी छ । र, शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन खासै कठिन पनि छैन । यस्ता खानेकुराको नियमित सेवनले मात्र पनि शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन सकिन्छ ।

चोकर सहितको अन्न

गहुँ, ज्वार, बाजरा, मकै जस्ता अन्न स्वास्थ्यका लागि राम्रो मानिन्छ । किनकी यसमा चोक्करको मात्रा धेरै हुन्छ । चोक्कर सहितको अन्नको सेवनले कब्जियत हुँदैन । साथै, शरीरको प्रतिरोधी क्षमता मजबुत हुन्छ । जसले गर्दा जस्तो सकुै प्रतिकुल मौसममा पनि रोगको संक्रमण हुनबाट जोगिन सकिन्छ ।

पानी

पानीलाई प्रकृतिक औषधी पनि भनिन्छ । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जम्मा भएको कयौ प्रकारको विषाक्तलाई बाहिर निकाल्न सकिन्छ । र, प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । पानीको सेवन गर्दा सकेसम्म तातो वा मनतातो पानीको सेवन गर्नुपर्छ  ।र, पि|mजको पानी खानबाट बच्नुपर्छ ।

तुलसी

तुलसीको आफ्नै धार्मिक महत्व छ । त्यसबाहेक, तुलसीमा विभिन्न किसिमको औषधीय गुण पनि छ । यसमा पर्याप्त मात्रामा एन्टीबायोटिक गुण रहेको हुन्छ । जसले दुखाई कम गर्न, शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउन सहायता प्रदान गर्छ । र, तुलसीका यी गुण प्राप्त गर्नका लागि प्रत्येक तीन देखि पाँच वटा पत्ता तुलसीको सेवन गर्नु पर्छ । यसलाई पानीमा हालेर तथा चियाको रुपमा पनि सेवन गर्न सकिन्छ भने काँचै पनि खान सकिन्छ ।

योग

योग तथा प्राणायामले शरीरलाई रोग मुक्त राख्न तथा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निभाउने गर्छ । कुनै जानकार व्यक्तिबाट घरमै बसेर पनि योग अभ्यास गर्न सकिन्छ र यसको लाभ लिन सकिन्छ । जसले गर्दा शरीरको प्रतिरोधी क्षमता मजबुत हुने गर्छ ।

हाँस्नु पनि औषधी

हास्नुलाई हामी व्यंगको रुपमा लिन्छौ । जबकी हास्नाले शरीरको रक्तसञ्चार सुचारु हुने गर्छ । शरीरले अत्याधिक मात्रामा अक्सिजन ग्रहण गर्छ । तनावमुक्त भएर हासेरमा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत मिल्छ ।

रसिलो फल

सुन्तला, मौसम लगायतका फलफूलमा भिटामिन ‘सी’ पाइनुका साथै पर्याप्त मात्रामा खनिज तत्व पाइन्छ । यस्ता खनीज पदार्थले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । फलफूललाई जूस वा फलको रुपमा जसरी पनि खान सकिन्छ । तर त्यसमा नुन भने मिसाउनु हुँदैन ।

अंकुरित अन्न 

केराउ, चना, मुंग, मेथी लगायतका गेडागुडी अंकुरित अन्नमा पर्दछ । यस्ता अन्नलाई रातभर पानीमा भिजाएर खाएमा यसले शरीरलाई स्वस्थ राख्छ । विशेषगरी यस्ता अन्नलाई उमार्नाले यसमा रहेको पोषक तत्वको क्षमता अझै बढ्ने गर्छ । साथै, यो पचाउनमा सजिलो हुनुका साथै खानमा स्वादिलो र पोषणयुक्त पनि हुन्छ ।

सलाद

सलाद भन्नासाथ हाम्रो सामु काँक्रो ,गाँजर, टमाटर, मुला, प्याज ,चुकंदर आउने गर्दछ । यस्ता सलाद खानामा धेरै भन्दा धेरै प्रयोग गर्नु पर्दछ । अझ सकिन्छ भने थालको एक भाग सलादले नै भर्नुपर्छ । किनकी सलादले खानालाई सही तरीकाले पचाउनमा मद्दत गर्छ । साथै, यसमा रहेको पोषक तत्वले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment