Comments Add Comment

जाडोमा पिनासको समस्या: कसरी पाउने छुटकारा ?

जाडो बढेको बढ्यै छ । यो चिसोले केही रोगको चपेटामा पर्नुभयो होला । कति रुघा खोकीले सताइए होलान्, कति पिनासले ।

पिनासले जाडो मौसममा दुःख दिने गर्छ । शुरुमा रुघा लाग्छ र त्यसलाई बेवास्ता गर्दै जाँदा पिनासको रुप धारण गर्छ । जसले शारिरिक जटिलता निम्त्याउने गर्छ ।

के हो पिनास ?

साइनस अर्थात पिनासको अर्थ प्वाल भन्ने हुन्छ । हाम्रो शरीरमा अवस्थित अस्थिमय प्वालहरु हुन्छन्, जसको अन्तिम भाग नाकतिर खुलेको हुन्छ । यस्ता प्वालको भित्रि भाग म्युकसको पत्रले ढाकेको हुन्छ । यस्ता झिल्लि -म्युकस)मा कुनै कारणवश संक्रमण भएको अवस्थालाई नै पिनास अर्थात साईनोसाइटिस भन्ने गरिन्छ ।

हाम्रो टाउकोमा पनि चार जोडि साईनस प्वाल हुन्छन् । यसको प्रत्येक जोडी टाउकोको पाश्र्व भागमा रहेको हुन्छ । मानवशरीरको रचना विज्ञानले यससलाई पर नसल भन्ने गर्छ । पिनासले रुघाजस्त सामान्य लक्षण देखाउँछ । तर, यसलाई जटिल समस्याको रुपमा लिने गरिन्छ ।

पिनासका कारण

– प्रदुषित वातावरण, गलत खानपान र अव्यवस्थित जिवनशैली पिनासको प्रमुख कारकमध्ये पर्छ ।

– शारीरिक, मानसिक एवं भावनात्मक तनाव, ग्रन्थिको असन्तुलन, आवश्यकताभन्दा बढी खानाले पनि पिनासको समस्या निम्त्याउँछ । दुध र यसबाट बनेका परिकारहरुको बढी सेवन गर्नु हुँदैन ।

– त्यस्तै, दाँतको संक्रमण, एलर्जी, दादुरा, निमोनिया, गोताखोरीको समस्याले पिनसको बाटो खन्ने काम गर्छ ।

– अत्याधिक पौडी खेल्दा, तापक्रममा अकास्मात परिवर्तन आउँदा, नाकको संरचनामा समस्या, नाकको भित्री हाड टेडो हुँदा, स्वास फेर्न सकस पर्दा पिनासको अत्याधिक सम्भावना हुन्छ ।

लक्षण

– शुरुमा नाकबाट पानीजस्तो पातलो सिगाँन बग्ने गर्छ । केहिदिन पछि सिगाँन सेतो पहेलो हुन्छ । कहिलेकाँही सिगानको रङ हरियो पनि हुने गर्छ । यसबाट संक्रमणको अवस्थाबारे थाहा लाग्छ ।

– भाइरल संक्रमणको कारण पनि पानी जस्तो सिगान बग्ने गर्छ । जिवाणुको संक्रमले सिगानलाई पहेलो बनाउँछ ।

– नाकको बरपर गाला र निधारको प्वाल -साईनस)मा सिगाँन जम्मा हुन्छट र यसले आखाँ, टाऊँको, गाला दुख्ने समस्या निम्त्याउँछ ।

– पिनासको समस्या शुरु भएमा कुनै बस्तुको स्वाद र गन्ध ग्रहण गर्ने शक्तिमा ह्रास आउने गर्छ । परिणामा गन्ध थाहा नपाउनु, टाऊँको दुख्ने, रिगंटा लाग्ने, कमजोरी महशुस हुने, रुघाँ लागिरहने, ज्वरो आउने, नाकभित्र मासु पलाउन थाल्ने समस्या हुन थाल्छ । कहिलेकाँही त नाकको दुवै प्वाल नै बन्द हुन जान्छ ।

– पिनासले स्वाप्रश्वासमा बाधा उत्पन्न हुन्छ र त्यसको लागि मुखको सहारा लिनुपर्छ । पिनासले राती सुतेको बेला मुख पनि सुकाउने गर्छ ।

पिनासका दुई प्रकार

मुख्य गरि पिनास दुई प्रकारको हुन्छ । एउटा एक्युट र अर्को क्रोनिक पिनास । लामो समयसम्म साईनस सुनिरहनुको अवस्थालाई क्रोनिक साईनोसाईटिस भनिन्छ । यस्तो अवस्थामा कहिलेकाँही नाकबाट रगत मिसिएको सिगाँन पनि आउन सक्छ ।

मुखको स्वाद खल्लो हुन्छ । यसको कारण नाकको घ्राणशक्ति कमजोर भएर जान्छ । आँखाको अश्रुनलीबाट पनि बढी मात्रामा पानी बग्न थाल्छ । यस्तो भएमा अनुहार पनि सुन्निएको जस्तो हुन्छ । मेक्सिलरि साईनस सुन्निएको हुँदा कुनै कुरा चपाउँदा पनि माथिल्लो दाँत दुख्ने समस्या हुन्छ । खाना नै सकस पर्न थाल्छ । नाक पनि बन्द भईरहन्छ । प्राय मानिस यस्तै पिनासबाट आक्रान्त हुन्छन् ।

सुझाव

– एक्युट साईनोसाइटिस -पिनास) का रोगिलाइ सामान्य उपाय अपनाउँदा पनि राहत मिल्ने गर्छ । रुघाँ लागेको वा ज्वरो आएका अवस्थामा घरमै आराम गर्नुपर्ने हुन्छ ।

– यस्तो अवस्थामा पि|mजको पानी, बर्फ, आईसक्रिम, दहि, दुध, कोल्ड डि्रकं तथा चिसो खानेकुराको भुलेर पनि सेवन गर्नु हुँदैन ।

-बिषेशगरी सिगरेटको धुँवा र धुलोबाट बच्नुपर्छ । किनकी धुवाँले नाक र साईनसको झिल्लिमा समस्या उत्पन्न गराउँछ ।

– रूघा लागेको छ भने छिनछिनमा सफा गर्नु हुँदैन । यसो गर्दाइ संक्रमण बढेर साईनससम्म पुग्न सक्छ ।

– नाक सफा गर्दा पनि जोड गरेर बल लगाउनु हुँदैन । यसो गर्दा कानको भित्री जालीमा असर पुग्ने गर्छ ।

– सत्तुलित भोजनको सेवन गर्न आवश्यक हुन्छ । र, आहारमा भिटामिन-सीलाई अनिवार्य गर्दा राम्रो हुन्छ ।

उपचार

आधुनिक चिकित्साविज्ञान (एलोप्याथिक)ले यसका लक्षणको मात्र उपचार गर्छ । सामन्यतया यस रोगलाइ जटिल मानिएता पनि जिवनशैली, खानपान र होमियोप्याथिक चिकित्सा विधिबाट यसको सहजै उपचार गर्न सकिन्छ ।

पिनासरोगबाट ग्रसित रोगिको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्येनजर राखेर होमियोप्याथीमा समष्टिगतरुपमा उचित औषधीको छनौट गरिन्छ ।

– डा. मिश्र आस्था होमिया क्लिनिकका कल्सल्टेन्ट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment