Comments Add Comment

‘समर लभ’को ट्रेलरमा रेवती र नम्रतासँग आशिषको प्रेम

चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर तयार भएको चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा माया र विछोडले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । नाइटिङ्गल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । यो चलचित्रमा सायाको भूमिकामा नव–नायिका रेवती क्षेत्रीले अभिनय गरेकी छिन् । यस्तै, चलचित्रमा सुरजसिंह ठकुरी, नव–नायक आशिष पिया, नायिका नम्रता सापकोटाको साथमा शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिकको मुख्य भूमिका छ ।

चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माण छ । चलचित्रमा सोपन सरकार र मनोज वीके सह–निर्माताको रुपमा छन् भने विनोद अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा संजय लामाको डीओपी(डिरेक्टर अफ फोटोग्राफी), मानकृष्ण महर्जनको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

सुविन भट्टराइको कथा रहेको चलचित्रमा सामिप्यारज तिमिल्सिनाको पटकथा, सामिप्य र सुविनको कथा छ । चलचित्रको ट्रेलर हेर्दा यसको क्यानभास उत्कृष्ट लाग्छ । पुस्तकले मागेको दृश्यमा चलचित्र निर्माण गर्न निर्माताले कञ्जुस्याँई गरेका छैनन् । चलचित्रको संवादहरु पनि मन छुने खालका छन् ।

नायक आशिष पियाको आवाजमा थोरै समस्या देखिन्छ । नायिकाको रुपमा रेवती र नम्रताले राम्रो काम गरेको ट्रेलर हेर्दा देख्न सकिन्छ । यो चलचित्र माघको २५ गतेबाट रिलिज हुँदैछ । प्रेम दिवसको छेकोमा यो चलचित्र दर्शकका लागि एउटा उपहार हुने विश्वास निर्देशकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment