Comments Add Comment

‘बेडसिन’ दिएकी नम्रता भन्छिन्–‘मलाई कुनै काम गर्न डर लाग्दैन’

चलचित्र ‘समर लभ’मा नायिका नम्रता सापकोटालाई दर्शकले ‘सुनिता’ नाम गरेकी यूवतीको भूमिकामा देख्न पाउनेछन् । यो भूमिकाका लागि आफू अत्यन्त उत्साहित भएको नम्रता बताउछिन् । चलचित्रमा नायकसँग नम्रताको बेडसिन पनि थुप्रै छ । चलचित्रको कथावस्तु सुरुमै पढेकाले पनि नम्रतालाई यती धेरै अन्तरंग दृश्य दिनुपर्नेछ भन्ने थाहा थियो । तर, पनि उनी दृश्य दिनका लागि तयार भइन् ।

उनले पत्रकारको प्रश्नको सुरुवातमै चलचित्र ‘कान्छी’ यो चलचित्रका कारण नछाडेको स्पष्ट पारिन् । चलचित्रमा दिएको दृश्यबारे उनले भनिन्–‘हो, यो चलचित्रमा मेरो बेडसिन धेरै छ । तर, म आफूलाई एक नायिका भन्दा पनि कलाकारको रुपमा हेर्न चाहन्छु । मलाई कुनै पनि काम गर्न डर लाग्दैन ।’

उनले यो दृश्य दिदा क्यामेरा पछाडि को–को हुनुहुन्थ्यो भन्ने पनि ध्यान दिन जरुरी रहेको बताइन् । उनले भनिन्–‘चलचित्रका निर्देशक मुस्कान ढकालले निकै कलात्मक रुपमा दृश्य खिच्नुभएको छ । मलाई त्यस्तो दृश्य दिन डर लागेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment