Comments Add Comment

पललाई स्टारडमदेखि पूजासँगको सम्बन्धको बारे प्रश्नै–प्रश्न

चलचित्र ‘हृदय भरी’को पत्रकार सम्मेलनमा उपस्थित नायक पल शाहलाई पत्रकारले प्रश्नै प्रश्न सोझाए । नायिका आँचल शर्मासँग पछिल्लो समयमा एकसाथ काम नगर्नुको कारणदेखि निर्देशक सुदर्शन थापासँगको सम्बन्ध र स्टारडमको प्रश्नमा पल घेरिए ।

पललाई पत्रकारले सोधेको प्रश्न र उनले दिएको जवाफ यस्तो छः

१. अनमोलले ‘ब्याचलर बन्टी’ छाडेपछि यो चलचित्र तपाइलाई अफर आएको भन्ने खबर छ ? तपाइले ‘विर विक्रम २’ गर्दा नै यो चलचित्र खेल्ने सहमती भएको हो ?
त्यस्तो केही पनि होइन । मैले ‘विर विक्रम २’ मा मात्र काम गर्ने कुरा भएको हो । ‘ब्याचलर बन्टी’मा खेल्ने मौखिक सहमती भएको छैन ।

२. तपाइले सुदर्शन थापासँग चलचित्र खेल्ने गरि संझौता नै भएको छ भन्नुभएको थियो, तर किन रोकियो ?
कतिपय कुरा समयले गर्दा हो । समयले गर्दा हामी एकसाथ काम गर्न पाएका छैनौ । सुदर्शन दाइको पहिलो रोजाइमा म नै हुन्छु । उहाँको समयमा मैले र मैलेको समयमा उहाँले काम गर्न पाएका छैनौ । ‘सम्हालिन्छ कहिले मन’मा पनि मलाई नै भन्नुभएको थियो । तर, हामी दुबैको समय मिलेन ।

३. आँचल र पलले एक अर्काविना चलचित्रमा नै काम नगर्ने कुरा थियो, तर अहिले फरक–फरक भएर काम गर्दै हुनुहुन्छ ? पूजा र आँचलको सम्बन्ध विग्रिएकाले तपाइले सुदर्शन थापाको चलचित्र नखेल्नुभएको हो भन्ने पनि चर्चा छ ?

मनमनै तपाइले प्रश्न सोच्नुहुन्छ । अनी कतै सुनेको थिए भनेर भन्नुहुन्छ । सधै एकसाथ काम गर्नुपर्छ भन्ने पनि छैन । यो पत्रकारले आफै बनाएको प्रश्न हो । यो कुरामा सत्यता छैन ।

४. केही स्टार भएको चलचित्र तीनै स्टारको काँधमा थुपारिन्छ । के तपाइहरुलाई त्यो स्टारडम भारी हुन्छ ?
पक्कै पनि भारी हुन्छ नै । एउटा चलचित्रमा निर्माताले करोडौ लगानी गर्नुभएको छ । मैले खेलेको चलचित्रको निर्मातालाई घाटा नहोस् भन्ने चाहना मेरो पनि हुन्छ । तर, यो एउटा टिमवर्क हो ।

५. पछिल्लो यूवा स्टारहरुको ‘खोक्रो स्टारडम’ भन्ने गरिन्छ, के भन्नुहुन्छ तपाई ?
खै त्यो भनेको त मलाई थाहा भएन । यो सही यो गलत हो भनेर मलाई भनिदिनुहोस् न ।

६. अहिलेका स्टारहरु आफ्नो पारिश्रमिक बढाएर बजारमा हल्ला गर्छन् भनिन्छ । फेरि स्टारहरुले फ्यान किन्न थालेको भन्ने कुरा पनि आएको छ ?
फ्यान नै किन्ने हो भने त सबै कलाकारको फ्यान एउटै हुनुहुन्थ्यो होला । पारिश्रमिकको कुरा गर्दा मैले जती लिएको छु बाहिर त्यती नै आएको छ । अरुको बारेमा त म केही भन्न सक्दिनँ । मेरो जती कुरा आएको छ, त्यो सबै सत्य नै हो ।

७. स्टारडमको मापनलाई कसरी लिनुभएको छ ?
यो कुरा दर्शकलाई नै थाहा छ । म कहाँ छु भनेर मैले भन्न मिल्दैन । अनमोल, प्रदिप, सलिनमान लगायत हुनुहुन्छ । नयाँ आउनेलाई पनि माया गरिदिनुहोस् । हामीले चलचित्र क्षेत्रलाई धेरै माथि लैजानुछ । राम्रो कलाकारलाई माया गर्नुहोस् भन्न खोजिएको हो ।

८. तपाइलाई चलचित्र मात्र खेलिदिएको भए हुन्थ्यो भन्ने छ, तर तपाई किन धेरै भिडियो खेल्दै हुनुहुन्छ ?
म म्यूजिक भिडियोबाट आएको मानिस हुँ । यो एउटा कला क्षेत्र पनि हो । भिडियोमा पनि यति धेरै मिहिनेत छ । यसैले मैले खेलेको भिडियोले मेरा फ्यानलाई निराश बनाउँछ भन्ने मलाई लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment