Comments Add Comment

‘चङ्गाचेट’मा केमियो भूमिका गरेकी बेनिशा ‘घर’मा भित्रिइन्

चलचित्र ‘चङ्गाचेट’मा नायिका बेनिशा हमालले केमियो भूमिकामा काम गरेकी थिइन् । प्रहरी अफिसर्सको प्रेमिकाको भूमिकामा देखिएकी बेनिशालाई निर्देशक दिपेन्द्र के खनालले नयाँ चलचित्रको लागि अनुवन्धित गरेका छन् ।
दिपेन्द्रले निर्माण गर्न लागेको चलचित्र ‘घर’मा बेनिशा हमाल मुख्य नायिकाको रुपमा अनुवन्धित भएकी हुन् ।

यो चलचित्रलाई अर्पण थापाले निर्देशन गर्दैछन् । चलचित्रमा नायिका सुरक्षा पन्तले पनि काम गर्ने पक्का भैसकेको थियो । चलचित्रमा अब अर्पण थापा, सुरक्षा पन्त र बेनिशा हमाल मुख्य भूमिकामा रहनेछन् । शर्मिला पाण्डेको लगानीमा बन्न लागेको चलचित्रलाई हरर कथामा निर्माण गर्ने बताइएको छ । माघको अन्तिम साताबाट यो चलचित्र छायांकनमा जानेछ ।

बेनिशाले नयाँ चलचित्र ‘टुल्की’मा समेत काम गर्ने पक्का भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment