२४ पुस, काठमाडौं । पल्सर शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले अन्तिम खेलमा अप्रत्यासित हार व्यहोरेको छ ।
दुई खेल अघि नै लिगको उपाधि पक्का गरेको मनाङ मंगलबार फ्रेण्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो ।
यो हारसँगै मनाङले लिगको सबै खेल जित्ने अवसर गुमाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएको थियो । तर, इन्जुरी टाइममा फ्रेण्ड्स क्लबले गोल गर्यो । इन्जुरी टाइमको अन्त्यतिर विकास लामाले हेड गोल गर्दै फ्रेण्ड्सलाई अप्रत्यासित जित दिलाए ।
जितसँगै फ्रेण्ड्सले १२ अंकका साथ ११ औं स्थानमा लिग टुंग्यायो भने लिग च्याम्पियन मनाङ ३६ अंकमा रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4