Comments Add Comment

भ्रष्ट्राचारविरुद्धको ‘सय कडा १०’, मनोज भन्छन्-‘भ्रष्ट्रचार रोक्ने औषधी प्रेम’

माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सय कडा १०’को निर्माण यूनिटले यो चलचित्रलाई ‘भ्रष्ट्राचार विरुद्धको अभियान’ भनेर परिभाषित गरेको छ । यो चलचित्रसाग विभिन्न संघसंस्था समेत जोडिने र यसलाई अभियानका रुपमा अगाडि लैजाने योजना यसको निर्माणपक्षको छ ।

यो चलचित्रबाट नै हाास्य कलाकार मनोज गजुरेलले चलचित्र अभिनयमा पाइला चालेका छन् । चलचित्रमा उनको साथमा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको बिषयमा बोल्दै कलाकार मनोज गजुरेल भन्छन्-‘भ्रष्ट्राचार बनेको घुस लिनु र दिनु मात्र होइन । मानिसको भ्रष्ट आचारणसाग जोडिएको कुरालाई भ्रष्ट्राचार भन्न सकिन्छ ।’

उनले, आफूले कहिलेकाही आफू कति सदाचारी छु भनेर समेत आफैलाई सोध्ने गरेको बताए । उनका अनुसार, चलचित्रले भ्रष्ट्राचारमा डुबेको पुरानो पुस्तालाई सुधार्न नसकेपनि नयाा पुस्तामा नयाा खालको तरंग ल्याउन मद्दत गर्नेछ । चलचित्रले भ्रष्ट्राचार निर्मुल पार्नका लागि थुप्रै सरकारी निकाय लागेपनि नसकेको अवस्थामा सानो औषधीको रुपमा चलचित्रमा प्रेमलाई रोजिएको खुलाएका छन् ।

चलचित्रको इनिसियल व्यापारका लागि निर्देशक रामशरण पाठकको नजिक रहेका नायक प्रदिप खड्कालाई पनि रोज्न सकिन्थ्यो । तर, पाठकले यसो गरेनन् । उनी भन्छन्-‘मलाई कोहि पात्र जब भूमिका अनुसार फिट हुन्छ भने उ नै स्टार लाग्छ । मेरो चलचित्रमा जो-जो कलाकार छन्, ती सबै स्टार हुन् । राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुंगानादेखि नयाा कलाकार करुणा श्रेष्ठलाई पनि म स्टार मान्छु ।’ पाठकले आफ्नो चलचित्रमा विश्वभर चिनिएका कलाकार भएकाले अब कस्तो स्टार खोज्ने भनेर प्रश्न समेत गरे ।

चलचित्रका मुख्य कलाकार अमृत ढुंगाना यसमा प्रेमीको भूमिकामा छन् । उनको अघिल्लो चलचित्र ‘जय श्री दाम’ हलमा असफल भएकाले पनि यसको प्रभाव यो चलचित्रमा पर्छ कि भन्ने भय देखिएको छ । के अमृत यो कुरा मान्न तयार छन् होला त ? उनी भन्छन्-‘मलाई त्यस्तो लाग्दैन । चलचित्र चल्नका लागि दर्शकले पनि थाहा पाउनुपर्छ । मलाई युटुबमा मन पराउने मेरा फ्यानहरुले चलचित्र चलेको त थाहा पाउनुपर्यो नी ?’

हाल देशमा वाइडबडीमा अर्बौ भ्रष्ट्राचार भएको खबर बाहिरिएको छ । चलचित्रका मुख्य कलाकार मनोज गजुरेल भन्छन्-‘यो स्तरसम्म हुने भ्रष्ट्राचार रोक्नका लागि हामीले विद्यार्थीलाई दिएको सामाजिक शिक्षाको शैली तल्लो तहबाट नै सुधार्दै लान सक्नुपर्छ । यो चलचित्र हामी सबैको अभियान हो । जो दर्शक चलचित्र हेर्न आउनुहुन्छ, उहााहरु दर्शक नभएर भ्रष्ट्राचारविरुद्धको अभियान्ता पनि हो ।’ उनले, एउटा निर्माताले चलचित्र चलेन भने फेरि-फेरि यो अभियानका लागि करोडौ रकम खर्च गर्न नसक्ने भएकाले चलचित्र हेरिदिन सबैलाई आग्रह गरे ।

चलचित्रका कार्यकारी निर्माता राजाराम पौडेल हुन् । चलचित्रमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजिब न्यौपानेको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment