Comments Add Comment

जबर्जस्ती करणीका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

२५ पुस, वीरगञ्ज । बाराबाट प्रहरीले जबर्जस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई ९ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले निजगढ नगरपालिका ४ बस्ने ३० बर्षका श्रवणकुमार प्रधानलाई पक्राउ गरेको हो ।

प्रधानलाई बारा जिल्ला अदालतले २०६७ जेठ २६ गते जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो । उनले दिएको पुनरावेदनमा सर्वोच्च अदालतले २०७४ असोज २९ गते जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो ।

जबर्जस्ती करणीको मुद्धा परेदेखि नै प्रधान फरार थिए । प्रधानलाई पुस २४ गते इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।

प्रधानलाई बारा जिल्ला अदालतको आदेशले आज तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment