२६ पुस, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
बिहीबार सेयर बजारमा १ दशमलव ४८ अंकले बढेर नेप्से परिसूचक १ हजार १ सय ८० दशमलव ८४ को विन्दुमा पुगेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका ३ हजार ८ सय ७२ कारोबारबाट १ सय ६३ कम्पनीको १३ लाख ८७ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् ।
जस अनुसार हुँदा ३६ करोड ६३ लाख २४ हजार १ सय ६४ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । बिहीबार विभिन्न कम्पनीका ११ करोड ६३ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4