Comments Add Comment

ललितपुरका जिल्ला न्यायाधीश तानिए

२६ पुस, काठमाडौं । न्याय सम्पादन प्रक्रियामा ‘बदनियत’ देखिएपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय न्यायपरिषद सचिवालयमा तानिएका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबराले न्यायाधीशमाथि निगरानी राख्न गठन गरेको संयन्त्रको प्रतिवेदनपछि उनलाई सचिवालयमा काजमा तानिएको हो ।

न्यायाधीश आत्रेयले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अबैध असुली गरेको भन्दै सरकारले कारवाही गरेका भीएलएनलाई सफाइ दिएपछि उनीविरुद्ध न्याय परिषदमा समेत उजुरी परेको थियो । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सिण्डिकेटधारी संस्थामाथि कारवाही गरेका थिए ।

प्रधान न्यायाधीशको कार्यभार सम्हालेलगत्तै राणाले न्यायाधीश उपर आउने गुनासा, टीका टिप्पणी सम्बन्धमा तत्काल सम्बोधन गर्ने गरी न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए । सो संयन्त्रबाट आवश्यक अनुगमन, निगरानी गर्ने, प्रतिवेदन लिने र आवश्यक प्रक्रिया अबलम्बन गर्ने राणाले बताएका थिए ।

न्यायपरिषद सचिवालयका सचिव नृपध्वज निरौलाको नेतृत्वमा एक टोलीले ललितपुर जिल्ला अदालतमा छड्के अनुगमन गरेको थियो । सो संयन्त्रले सुक्ष्म अनुगमन, निगरानी र गुनासाहरुको सुनुवाई गरेको थियो । निरौला नेतृत्वको संयन्त्रलाई सुक्ष्म अनुगमन, निगरानी र गुनासा उपर जाँचबुझ समिति भनिएको छ ।

न्यायाधीश आत्रेयलाई न्यायपरिषदमा काज सरुवा गरिएको न्याय परिषदका प्रवक्ता रामेश्वर रेग्मीले पुष्टि गरे । उनको ठाउँमा रौतहबाट अम्बिका निरौलालाई काज सरुवा गरेको रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment