
काठमाडौं । प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’को ग्रान्ड फिनाले सम्पन्न भएको छ । सो प्रतिस्पर्धामा ६ विधामा विजेता घोषित गरियो ।
दीक्षा अवस्थी मिस सुप्रन्यासनल र साइरस विश्वकर्मा मिस्टर सुप्रन्यासनल घोषित भए । मिस्टर इन्टरनेसनल सिद्धार्थ तामाङ, मिस ग्लोब रिजु भट्टराई, मिस्टर टुरिजम क्रिसल श्रेष्ठ र मिस इन्टरकन्टिनेन्टल सुम्निमा पुरी घोषित भए ।
मिस नेसनल नेपाल अनिशा श्रेष्ठ र मिस्टर नेसनल नेपाल प्रयाग रेग्मी बने । फस्ट रनरअप सिल्भिया शर्मा र सिजल कपाली बन्दा सेकेन्ड रनरअफ युक्ता सिंह र अजहर आलम बने ।
विजेताले २ लाख पुरस्कारसहित उपहार हात पारे । सनुर्वी इन्टरनेसनल तथा राष्ट्रिय निर्देशक सन्तोष उपाध्यायले पुरस्कार प्रदान गरे । महिला र पुरुष मोडल संयुक्त रुपमा सहभागी प्रतियोगिताको फिनालेमा उत्कृष्ट २७ जना प्रतिस्पर्धी सहभागी थिए ।
फिनालेमा सबटाइटल राउन्डको विजेता पनि घोषणा गरियो । साइरस विश्वकर्मा र सुम्निमा पुरी उत्कृष्ट स्विमवेयर, सिजल कपाली र अनिशा श्रेष्ठले टप फोटोजेनिक, साइरस विश्वकर्मा र मनिशा पन्तले टप फिजिकको अवार्ड हात पारे ।
टप मोडलतर्फ दीक्षा र क्रिसल उत्कृष्ट हुँदा सिल्भिया शर्मा मिस इलिगेन्स, मिस्टर एलिगेन्स प्रयाग रेग्मी, मल्टिमिडिया अवार्ड रविना जिसी र सिद्धार्थ तामाङ, पब्लिक च्वाइस अवार्ड रिजु भट्टराई र अजहर आलमले जिते ।
सिद्धार्थ तामाङ र सुम्निमा पुरी मिस्टर एन्ड मिस ट्यालेन्ट, मिस्टर एन्ड मिस फोटोजेनिक छेवाङ शेर्पा र सुम्निमा पुरी, मिस एन्ड मिस्टर हस्पिटालिटी वर्षा थापा र छेवाङ शेर्पा, मिस्टर एन्ड मिस स्क्रीन अवार्ड सिद्धार्थ तामाङ र दीक्षा अवस्थी, बेस्ट हेयरको अवार्ड मनिश शाह र अनु राई, बेस्ट स्माइल आयुश श्रेष्ठ र अन्जना शेर्पाले जिते ।
मिस्टर एन्ड मिस कन्जिनियालिटी जीवन उप्रेती र अनिशा श्रेष्ठ, मिस एन्ड मिस्टर कम्युनिकेट युक्ता सिंह र जीवन उप्रेती, मिस्टर एन्ड मिस इन्फ्युन्जर साइरस विश्वकर्मा र जुली शाह, मिस एन्ड मिस्टर इम्पावरमेन्ट स्वेच्छा ढकाल र स्पन्दन राई बने ।
जजमा सन्तोष उपाध्याय, अरुण बस्नेत, केदारप्रसाद न्यौपाने, केशु खड्का, सिजल रुपाखेती, प्रिया सिग्देल थिए ।
प्रतिक्रिया 4