+
+

निरुताले छाडेपछि ‘हजार जुनी सम्म’मा संचिता, विकाससँग सुध्रिएको हो सम्बन्ध ?

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २७ गते १०:३४

नायिका निरुता सिंह अहिले चलचित्र ‘दाल भात तरकारी’मा व्यस्त छिन् । यो चलचित्रको छायांकनमा रहेकाले पनि नायिका निरुताले अन्य चलचित्रलाई समय दिन नसकेको देखिएको छ । नायिकाले यो चलचित्रमा काम गरेपछि निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको ‘हजार जुनी सम्म’मा उनले काम गर्ने कुरा थियो । तर, अब निरुताले यो चलचित्रमा काम गर्न नसक्ने भएकी छिन् ।

यो चलचित्रमा निरुताले काम गर्न नसकेपछि अर्की नायिका संचिता लुइटेलले काम गर्ने पक्का भएको छ । संचिता चलचित्रको छायांकनको लागि सिक्किम जाने तयारीमा छिन् । सिक्किममा रहेका कलाकार उत्तम प्रधानसँग नायिका निरुता सिंहको जोडी बनाउने तयारी विकासको थियो । तर, अब यो संभव हुन सकेन ।

नायिका संचिताले यो चलचित्रमा काम गर्ने पक्का भएपछि उनी र निर्देशक विकासराज आचार्यको सम्बन्ध सुध्रिएको अड्कल लगाउन सकिन्छ । विकासले निर्माण गरेको चलचित्र ‘नाई नभन्नु ल ३’मा काम गरेकी संचिता सो समयमा यसको निर्माणपक्षसँग रिसाएकी थिइन् । यसैले उनी चलचित्रको प्रचारमा समेत सहभागी भएकी थिइनन् । तर, अब उनी र विकासको पुरानो असमझदारी हटेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?