Comments Add Comment

वैशाखबाटै पाइपलाइनमार्फत तेल ल्याउने योजना, एक अर्ब ढुवानी खर्च बच्ने

२७ पुस, काठमाडौं । बस्ती क्षेत्रमा अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिएको छ । अब वन क्षेत्रमा मात्रै पाइपलाइन गाड्ने काम बाँकी रहेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले परवानीपुर खण्डमा सडकपेटी नखनी घरकहरुकौ मुनिबाट अन्डरग्राउण्ड रुपमा नै पाइप बिछ्याइएको छ ।

वैशाखसम्म तेल आपूर्ति गर्ने गरी काम अघि बढेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिील भट्टराईले जानकारी दिए । बस्ती क्षेत्रको २६ किलोमिटरको काम सकिए पनि अमलेखगञ्जतर्फ काम वनका कारण रोकिएको छ ।

यो १० किलोमिटर खण्डमा पाइपलाइन बिछ्याउन ६ हजा ६ सय ५३ वटा रुख काट्नुपर्ने भट्टराईले बताए । मोतिहारीदेखि रक्सौलसम्म ३२ किलोमिटर र नेपालतर्फ रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ किलोमिटर पाइप गाड्नुपर्ने छ ।

अब नेपालतर्फ १० किलोमिटर पाइपलाइनको काम वन मन्त्रालयबाट रुख कटानको अनुसमति आउनासाथै अघि बढ्ने निगमले जनाएको छ ।

सन् २०१७ डिसेम्बरदेखि शुरु भएको परियोजना डेढ वर्षभत्र सम्पन्न गर्ने लक्ष्य थियो । १ किलोमिटरमा औसत ५ करोड रुपैयाँ लागत लाग्ने अनुमानसहति भारत सरकारको सहयोगमा परियोजनाको काम अघि बढिरहेको छ ।

पाइपलाई परियोजना सम्पन्न भएपछि प्रतिघण्टा दुई लाख लिटर डिजेल पदार्थ भित्र्याउन सकिने दावी गरिएको छ । यो पाइपलाइन बिछ्याएपछि अमलेखगञ्जबाट ट्यांकरमा डिजेल ओसर्न नेपाली ट्यांकर जानुपर्ने छैन ।

पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगञ्ज डिपोमा ३ हजार ९ सय र ४ हजार १ सय किलोलिटर तेल अटने क्षमता भएका २/२ वटा गरी चार वटा ट्याङकीसमेत मर्मत भएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा चुहावट नियन्त्रण हुनेछ भने इन्धन ढुवानीमा लागिरहेको वाषिर्क १ अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment