Comments Add Comment

कपाल किन र्झछ ? यी हुन् ९ कारण

कपाल झरेर हैरान भइयो के गर्ने ? अहिले यस्तो गुनासो बाक्लिदै गएको छ ।

कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम रोकिएन भने टाउको मुडुलो हुन्छ । यो भनेको समग्र सौन्दर्यकै लागि जटिल कुरा हो ।

कपाल किन र्झछ ? यसको एकमात्र जवाफ छैन । हालैको एक अनुसन्धानले भनेको छ की पुरुषमा आउने यस्ता समस्याको आम कारण अनुवांशिक हुने गर्छ । जवकी महिलामा स्त्रीमा भनेउ तनाव या मानशीक चिन्ताको कारण कपाल झर्ने गर्छ । यति मात्र होइन, कपाल झर्नेको थुप्रै कारण छन् । यी हुन् त्यसमध्येका प्रमुख कारणहरुः

हेयर स्टाइल टूल

आजभोलि नुहाएपछि कपाल सुकाउनका लागि प्रायले हेयर ड्राइअरको सहायता लिने गर्छन् । यो कपाल सुकाउन र हेयरस्टाइल बनाउनको लागि त तरिका हुन सक्छ । तर, कपालको स्वास्थ्यको लागि पनि त्यत्तिकै हानीकारक । अनुसन्धानले नै भनेको छ की कपाल बनाउनका लागि हरेक दिन यस्ता सामाग्रीको प्रयोग गर्दा कपाल विग्रीदै जान्छ । लगातार आफ्नो कपाललाई सिधा या घुम्रो बनाउने उपचार नै कपाल झर्नेको प्रमुख कारण बन्न सक्छ ।

निद्रामा समस्या

पुरा निद्रा नसुतेको असर आँखामा त देखा पर्छ नै । यसको साथमा टाउकोमा पनि देखिने गर्छ । इन्सोमिया, नार्कोलेप्सी र अन्य निद्रासम्बन्धि समस्याले कपालको स्वास्थ्यमा नराम्रो असर पुर्‍याउने गर्छ । कपला लता पर्ने समस्यामा पनि यसले ठूलो भूमिका खेल्छ ।

जंक फुड

बढी मात्रामा जंकफुडमा निर्भर हुँदा शरिमा विभिन्न पोषणको कमी हुन जान्छ । जुन कपाल लट्टा पर्ने प्रमुख मध्येको एउटा कारण हो । त्यस्तै, खानपानमा र शरिरको पोषणको वारेमा राम्रोसँग ख्याल नपुर्‍याउँदा बढी मात्रामा कपाल झर्ने समस्या हुन्छ ।

हर्मोनको परिवर्तन

महिलामा गर्भावस्था र प्रसवको क्रममा शरिरमा हर्मोनको मात्रामा उटारचटाव आउने गर्छ । यस्तो बेला महिलामा अत्याधिक कपाल झर्ने समस्या हुन्छ । थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने या अन्य हर्मोनसम्बन्धि गडवढीको कारण तीव्र मात्रामा कपाल झर्ने समस्या हुन्छ ।

तनाव

हिजो आजको व्यस्त दैनिकीमा हाम्रो शरिरबाट बढी मात्रामा उर्जा वाहिरिने गर्छ । यसकै कारण तनावको मात्रा पनि बढेर जाने गर्छ । बढी मानिसमा यस्तो देखिन्छ की बढी तनावकै कारण उनीहरुको कपाल झर्ने गर्छ । यसको कारण कपालमा अन्य समस्या पनि देखिने गर्छ ।

बंशाणुगत कारण

कपाल झर्नुको प्रमुखमध्येको एउटा कारण भनेको बंशाणुगत पन हिो । यस्तो समस्यामा तपाईले केही गर्न सक्नुहुन्न । यत्ति हो उचित आहार र विहारलाई जीवनशैलीसँग जोडेर कपाल झर्ने सम्भावनालाई कम गर्न सक्नुहुन्छ । या भनौ कपाल र्झन सहायक भूमिका निर्वाह गर्ने कुराबाट भने आफै जोगिनुपर्छ ।

रसायनिक उत्पादन

अहिलेको दुनियामा श्याम्पू, कन्डीश्नरदेखि कपालमा लगाउने तेलसमेत रसायनयुक्त आउन थालेको छ । यस्ता प्रडक्टले कपालाई कैयौँ क्षति पुर्‍याउने गर्छ । आजभोलीका अधिकांश कस्मेटिक उत्पादनमा हानिकारक रसयानको मिश्रण गरिएका हुन्छन् । जुन कपाललाई कमजोर बनाउनुका साथै कपालसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने गर्छ । त्यसैले, यस्ता प्रडक्टको प्रयोग गर्दा निकै सावधानी अपनाउन जरुरी हुन्छ ।

औषधी

आधुनिकतासँगै जीवनशैलीमा तिब्रगतिमा परिवर्तन आइरहेको छ । यस्तो जीवनशैलीले मानशिक कष्ट बढेर जाने गर्छ । त्यसको लागि हामी औषधी उपचारमा लाग्ने गर्छौँ । र, यसरी प्रयोग गरिने औषधी कपालको स्वास्थ्यको खराव असर पर्ने गर्छ । कुनै ड्रग्सको प्रयोग र भारी खानाको सिधा सम्बन्ध पनि कपाल झर्ने र लट्टा पर्नेसँग हुन्छ ।

मौसम

घर वा अफिसमा लगाउने कन्डीस्नरले तपाईलाई त पक्कै पनि आराम दिने गर्छ । तर, तपाईको कपालमा लागि भने यसको जरुरी हुँदैन । यस्तो वातावरणीय प्रभावले कपाललाई निकै कमजोर बनाउने काम गर्छ । किनकी वातावरण परिवर्तनको सबैभन्दा बढी असर कपालमा पर्ने गर्छ । त्यसैले यसरी हुने कृतिम वातावरणीय परिवर्तनबाट कपाललाई जोगाउँन जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment