Comments Add Comment

पृथ्वीनारायणको मूल्यांकनः जित्नेको मात्रै कुरा नगरौं !

पृथ्वीनारायण शाहलाई सामन्ती राजा भनेर आजभोलि मूल्याङ्कन गर्ने गरेको सुनिन्छ । पृथ्वीनारायणको समय भनेको अठारौँ शताब्दीको समय हो । यो समय संसारको कुन कुनामा गैह्र सामन्ती राज्य थियो ? पृथ्वीनारायणले खडा गरेको राज्य एकात्मक नै हो । इतिहासको कालखण्डलाई सामन्ती समाज भन्नु स्वाभाविक कुरा हो । तर, त्यो समाजको सदस्यका रूपमा कोही एक व्यक्तिको भूमिकालाई त्यो समाजको कारक मान्नु त्रुटिपूर्ण कुरा हो ।

यसको मतलव पृथ्वीनारायण भगवान नै हुन्, गल्ती नै गरेनन् भन्ने होइन । यो शैली पनि ठीक होइन । प्रसङ्ग नेपाल राज्य खडा गर्ने सूत्रपातको हो । त्यो कामलाई सामन्ती भनेर अहिले त्यो ऐतिहासिक घटनालाई अस्वीकार गर्नुले हामीलाई कहीँ पनि पुर्‍याउँदैन । तटस्थ भएर हेर्दा के देखिन्छ भने पृथ्वीनारायणले गरेको गोरखा विस्तार नै हो । ठूलो र सम्पन्न मुलुकको राजा हुने महत्वाकांक्षा नै हो पृथ्वीनारायणको । तर, त्यो समयमा सबै राजा (शासक) को चिन्तनै त्यही थियो भने पृथ्वीनारायणको त्यो चिन्तन कसरी गलत भयो ? समाजको दवाब नै त्यही थियो ।

यसलाई इतिहासको कसीमा हेर्नु उपयुक्त हुन्छ । सन् १७६८ मा पृथ्वीनारायणले काठमाडौं जितेका थिए । संसारले प्रजातान्त्रीक आन्दोलन र सुरुवात भनेको भनेर मान्ने गरेको अमेरिकी स्वतन्त्रता आन्दोलन १७७६ मा भएको थियो र अमेरिकाको संविधान (जुन संघीयताको प्रारूप थियो) १७८७ मा आएको थियो । अमेरिकाको युद्ध पनि बेलायती उपनिवेशविरुद्ध थियो । अमेरिकामा त्यो समय कुन खालको समस्या थियो र मुलुक एक हुन नसकेका प्रसङ्गहरू के के थिए भन्ने सामान्य इतिहासको विद्यार्थी धेरैलाई थाहा भएकै कुरा हो ।

अर्को आन्दोलन फ्रान्सको राज्यक्रान्ति हो, १७८९ को । त्यो राज्यक्रान्ति कति सफल, कति असफल भन्ने वहसको विषय हो । त्यसपछि नेपोलियनको उदय भयो फ्रान्समा । युरोपको उन्नाइसौं शताब्दीको पहिलो आधा त मेटरनिखको दबदबामै बित्यो । औद्योगिक क्रान्ति अठारौँ शताब्दीको पछिल्लो खण्डमा सुरु भए पनि त्यसको उत्कर्ष उन्नाइसौँ शताब्दीमा भएको हो । पुँजीवाद औद्योगिक क्रान्तिको परिणाम हो । साम्राज्यवादको धङधङीबाट बेलायत अझ राम्ररी बौरिएको छैन ।

वर्तमान नेपालले चर्चेको भूमि मुख्य रूपले चार खण्डमा विभाजित थियो । पश्चिममा कर्णाली नदीको दायाँबायाँ बाइसे राज्यहरू थिए । गण्डकी क्षेत्रमा चौबिसे राज्यहरू थिए । बाइसे, चौबिसे राज्य बाहेक पनि विभिन्न भुरे टाकुरे समुहहरू थिए । जस्तो कि द्रव्य शाहले विजय गरेको लिगलिग, सिरानचोक आदि चौबिसे राज्यभन्दा बाहेकका भूमि थिए । नेपाल उपत्यकामा नै तीन राज्य थिए । उपत्यका वरिपरिका क्षेत्रमा उपत्यकाकै मल्लहरूको शासन थियो । पूर्वमा मकवानपुरदेखि सेनहरूको राज्य थियो । पहाडी क्षेत्रमा किरातहरू थिए । उपत्यकामा यक्ष मल्लको १४८२ मा मृत्यु भएपछि उनका छोराहरू बीच राज्यको भागभन्डा भएको थियो । दुई सय वर्षसम्म उनीहरूबीच परस्पर पटक पटक युद्ध भयो, एक अर्काविरुद्ध षडयन्त्रहरू भए । आफू आफैंभित्र पनि उत्तराधिकारको खिचातानीले उपत्यकाको राजनीति जर्जर थियो । तर, आर्थिक दृष्टिले नेपाल उपत्यकाको स्वर्णकाल थियो । नेपाल उपत्यका तिब्बत र दक्षिणको व्यापारको सेतु थियो । उपत्यका आˆनै उत्पादनले भन्दा पनि व्यापारको कारण समृद्ध बनेको थियो ।

दक्षिणमा मुगल साम्राज्य लगभग छिन्नभिन्न हुने क्रममा थियो । सन् १७०७ मा मुगल बादशाह औरङ्गजेबको मृत्यपछि नाम मात्रका बादशाह उदाए । स्थानीय स्तरमा उठेका रजौटाहरू आफू आफूबीच युद्धमा चर्लुम्म डुबेका थिए । यसै बीच पश्चिमा मुलुकको साम्राज्य विस्तार भारतसम्मै आइपुग्यो । सन् १४९८ मा पोर्चुगलबाट जहाज लिएर भास्को डी गामा भारत आइपुगेपछि त्यसको जग बसेको हो । सन् १५४० मा बेलायती व्यापारिक कम्पनी इस्ट इन्डिया कम्पनीले मद्रासमा आफ्नो अफिस खडा गरेर व्यापार सुरु गर्‍यो । अर्को सय वर्षसम्ममा भारत इस्ट इन्डिया कम्पनीमार्फत बेलायतको उपनिवेश बनिसकेको थियो । सन् १७५७ को पलासीको युद्ध अङ्ग्रेजविरुद्धको अन्तिम युद्ध बन्न पुग्यो ।

नेपालको छुट्टै पहिचान

यो पृष्ठभूमिमा वर्तमान नेपाल बन्ने गरी नेपालको छुट्टै अस्तित्व प्रकट भएको हो । सामाजिक, राजनैतिक दृष्टिले नेपाल सामन्ती युगमै थियो । इतिहासका घटनामाथि वास्तवमै निर्मम समीक्षा हुनु पर्छ । यसमा दुई मत छैन । तर नेपालको वर्तमान स्वतन्त्र अस्तित्वको उपादेयतामाथि प्रश्न गरेर होइन । छुट्टै मुलुकको रूपमा रहँदा यो मुलुकका बासिन्दाले पाएका र पाउन सक्ने लाभको कसीमा इतिहासका घटनाको मूल्याङ्कन हुनु पर्छ । राष्ट्रिय मूल प्रवाहमा आउन नसकेका, आउन नदिइएका समुदायलाई मूल प्रवाहमा ल्याउनु सबैको दायित्व हो ।

पहिचानको, आत्मनिर्णयको, स्वायत्तताको लडाइँ कहाँ छैन ? समूहमा बसेपछि नै पहिचानको खोजी हुन्छ । समूहबाट अलग्गिनेको त्यो मुद्दा पनि समाप्त हुन्छ । जहाँसम्म जातीय विभेदको कुरा छ, त्यो पृथ्वीनारायणले लागू गर्न पनि भ्याएनन्

तर, पृथ्वीनारायणलाई गलत सिद्ध गर्ने प्रयासमा मुलुकको स्वरूपलाई अस्वीकार गर्नु कदापि उपयुक्त हुँदैन । “एकीकरण” भन्ने शब्द कति उपयुक्त हो बहसको विषय हो । तर भौगोलिक रूपले यो जुन स्वरूपमा एकीकृत छ, त्यो यथार्थ हो । अहिले नेपाल भनिएका भाग नेपालको नभए अर्कै मुलुकको भाग हुन्थ्यो होला । मेची पारि र काली पारिका भूभागको दृष्टान्त हाम्रै सामुन्ने छ । साना चिर्कटा जस्ता जमिन छुट्टै राज्यको स्वरूपमा रहन सक्थे कि सक्थेन भन्ने कुरा संसारका धेरै ठाउँको इतिहासबाट छर्लङ्ग हुन्छ ।

नेपाल छुट्टै मुलुक भएकोले सामान्य योग्यता भएका मानिसले विभिन्न राजनैतिक हैसियत प्राप्त गरेका छन् । सर्वसाधारण जनतालाई त, लौ त भनुँ भने, यो देश र ऊ देश भनेर कुनै फरक पर्दैन । अहिलेको गतिविधिलाई हेर्ने हो भने नेपाल बेग्लै हुनुको उपलब्धी यिनै नेताबाहेक अरूले उस्तो भोगेका पनि छैनन् । भौगोलिक एकीकरण र त्यसपछिका विभिन्न परिघटनाले यो अवस्था आइपुगेको हो । अबको “एकीकरण” सर्वसाधारण जनताको तहसम्म लैजाने गरी हुनुपर्छ । पृथ्वीनारायणले यो मुलुकलाई सबैको साझा फूलबारी हो भनेको कुरा यहाँ स्मरणीय छ ।

हामीकहाँ केही भ्रम छ । पहिलो भ्रम, जनजाति भनेर पहिचान खोज्नु भनेको पृथ्वीनारायणलाई गलत भन्नु हो भन्ने । दोस्रो उग्र क्रान्तिकारी हुनु भनेको पृथ्वीनारायणलाई तिरस्कार गर्नु भन्ने । यी दुबै विकृत चिन्तन हुन् । पहिचानलाई पृथ्वी नारायणले कहाँ मासे? छुट्टै राज्य हुनु, भुरे टाकुरे राज्यका बासिन्दा हुनु पहिचान हो ? रुसमा पनि पहिलेका राजाहरूले निर्माण गरेको भूमिलाई जोगाउन स्टालिन लंगौटी कसेरै लागेका थिए । वरिपरिका सानासाना मुलुकलाई मासेर संघ बनाएको होइन ? स्वायत्तताको कुरा गर्ने हो भने स्टालिन चाहिँ कसरी कम्युनिस्टका नेता भए ? चीनमा पनि सिङ्गो मुलुक कायम राख्न कसरी चिनियाँ सरकार दमनमा उत्रने गरेको छ ? तिब्बतलाई हड्पनु कहाँको न्यायसङ्गत कुरा हो ?

हामी बुझ्नुभन्दा पहिले दिग्भ्रमित छौं । पहिचानको, आत्मनिर्णयको, स्वायत्तताको लडाइँ कहाँ छैन ? समूहमा बसेपछि नै पहिचानको खोजी हुन्छ । समूहबाट अलग्गिनेको त्यो मुद्दा पनि समाप्त हुन्छ । जहाँसम्म जातीय विभेदको कुरा छ, त्यो पृथ्वीनारायणले लागू गर्न पनि भ्याएनन् । समस्याको जड जयस्थिति मल्लले काठमाडौंमा लागू गरेको मनुस्मृतिको सङ्कुचित रूप थियो, जुन मुलुकी ऐनको नाममा सन् १८५४ मा अझ विस्तारित रूपमा संस्थागत भयो ।

काठमाडौंलाई राजधानी बनाउँदा यहाँ लागू नियम कानून, धर्म प्रथा सबै अपनाउनु एउटा कारण हो । एउटा सामान्य व्यक्तिले – जनजाती, वा अरू पहाडे वा मधेसी – जुनसुकै रूपमा जुन आवाज बुलन्द गर्न पाएको छ, त्यो नेपाल भन्ने छुट्टै मुलुक भएकोले हो । अङ्ग्रेजको पञ्जाबाट नेपाल बच्न नसकेको भए के हुन्थ्यो भन्ने सामान्य रूपमा सोच्दा नै नेपालको छुट्टै अस्तित्वको महत्व देखिन्छ ।

पृथ्वीनारायणले अंग्रेजबाट जोगाएर नेपाल बनाए । अथवा भनौं राज्य विस्तार गर्ने प्रतिस्पर्धामा पृथ्वीनारायणले अरू भुरे टाकुरेलाई उछिने । राज्य जोगाउन अंग्रेजको चाकडी गरेनन् । त्यसैले नेपाल नामको मुलुक बन्न पुग्यो । अहिले नेपाली भनेर चिनिदाँ के नोक्सान छ? अथवा यो छुट्टै मुलुक हो भन्दा के हानि छ ? नेपाल र नेपाली भनेर चिनिएपछि यहाँभित्र रहेका सबैको समानता र सहअस्तित्वको कुरा हुनुपर्छ भन्ने कुरामा दुई मत हुनुहुँदैन । तर, त्यो सिङ्गो नेपालको विरुद्धमा होइन ।

प्रारम्भमा पृथ्वीनारायणमा केही उन्माद पक्कै पनि थिए भन्ने अनुमान हुन्छ । मकवानपुरमा जुत्ता लगाएर सलाम गर्ने सेनाका जवानहरूलाई कटाउनु यसको एउटा उदाहरण हो

गोरखामा बाहुन क्षेत्रीभन्दा जनजातिकै बाहुल्य थियो । काठमाडौं आएपछि नेवारको बाहुल्य भयो । कान्तिपुरको राजा हुने क्रममा पृथ्वीनारायणले नेवारको सबै संस्कार र प्रथालाई स्वीकारेका थिए । यहाँको कुमारीलाई आˆनो इष्टदेवी समेत स्वीकारे । मकवानपुर पूर्वका सेनहरू आफूलाई हिन्दुपति ठान्थे, सम्भवत दक्षिण -पश्चिम भारतमा शिवाजीले उठाएको आन्दोलनको प्रभावमा । सेनहरूको राज्य दखल गरेपछि पृथ्वीनारायण स्वतस् हिन्दुपति ठानिए । पृथ्वीनारायणले त्यसको दाबी गरेको भने पाइँदैन । उपत्यका विजयपछि केपुचिन पादरीसहित इसाईधर्मावलम्बीहरूलाई निष्कासन गर्नुबाहेक धार्मिक विषयमा दख्खल गरेको पनि बुझिँदैन । सबै जातजातिले आˆनो कूलधर्मअनुसारको व्यवहार कायम राख्नु भन्ने निर्देशन नै थियो ।

केपुचिन धर्मप्रचारकहरूलाई निष्कासन गर्नुमा पनि धार्मिकभन्दा राजनीतिक कारण बढ्ता बुझिन्छ । किनभने उपत्यकामाथि नाकाबन्दी लगाउँदा तीन सहरमा भएका केपुचिन पादरीहरूलाई बाहृय सम्पर्क गरी आवश्यक सामाग्री किनमेलको छुट पृथ्वीनारायणले दिएका थिए, जुन सुविधा उपत्यकाका बासिन्दालाई थिएन । तिब्बतमा दलाई लामाले सर्वस्वहरण गरेर निष्कासन गरिदिएका पादरीहरूलाई पृथ्वीनारायणले त्यसो गरेका थिएनन, स-सम्मान निष्कासन गरेका थिए । उसो त, पृथ्वीनारायण एक मानिस हुन् । यिनीबाट गल्ती नै भएन भनेर देवत्वकरण गर्नुको पनि कुनै तुक छैन ।

नेपालको एकताको कुरा गर्दा विजितको कुरा मात्र गर्नु राम्रो होइन, र जो अगाडि देखियो, उसको मात्रै कुरा गर्नु पनि राम्रो होइन । पराजित हुनेले पनि एकतामा सघाएका थिए । भक्ति थापा जो पछि गोरखा फौजका सरदार भए, लमजुङबाट गोरखाविरुद्ध लडेका थिए । मतलब के भने, साझा प्रयासबाट मात्र एकता सम्भव हुन्छ । जे जस्तो छ, त्यो सबैको हो भन्ने भावना आउनपर्‍यो ।

पराजित भयौं भन्नेले पनि प्राप्त गरेका कुराको खोजीनीति गर्नुपर्छ, त्यसको लेखाजोखा गर्नु पर्छ । अहिले सयको सफ््यामा भएका समूहले पनि आवाज उठाउन पाएका छन् । यो पनि त अवसर हो नि नेपाल छुट्टै मुलुक हुनुको । छुट्टै एउटा डाँडा छुट्टै राज्यको रूपमा त पक्कै पनि अस्तित्वमा रहने थिएन । कदाचित, विशाल भारतको अङ्ग भएको भए लाखको जनसंख्या पनि बिलाएर जाने थियो, आवाज उठाउन पाउने त अर्कै कुरा । सकारात्मक कुरा पनि खोज्नुपर्छ हामीले ।

पृथ्वीनारायण धेरै मध्येका एक हुन् र पछिल्लो समयको एकताको नेतृत्व गरेका थिए । पृथ्वीनारायणले सत्यनारायण पूजा लगाएका होइनन् अपुङ्गो बाँड्ने गरी ! युद्ध भएको थियो । युद्धको नियम, विनियम धेरै हुन्छन् । कतिपय अवस्थामा युद्धको नियम तोडिएका पनि हुन्छन् । बदलाभाव र क्रुरता युद्धको आवश्यक तत्व ठानिन्छ । त्यो कति र कुन हदको भन्ने बहस हुनु चाहिँ आवश्यक हुन्छ । पृथ्वीनारायणले गरे, गराएका सबै कर्म सबै कोणबाट सदर नै गरिनुपर्छ भन्ने पनि होइन ।

पृथ्वीनारायणका क्रुरताको उदाहरण दिनु पर्दा पाटनका काजीहरूलाई काट्न लगाएको, जयन्त रानालाई छाला काढेको, भक्तपुरमा लुटपाट गरेको आदि उदाहरण दिने गरिन्छ । पाटनका ती काजीहरू अवसरवादी राजनीति गर्थे । लामो समयसम्म राजाहरू फेरबदल गर्दै राजनीतिमा सर्वेसर्वा भएका व्यक्ति थिए ।

पछिल्लो समय पृथ्वीनारायणलाई साथ दिए पनि विश्वास चाहिँ गरेका थिएनन् । पाटनबाट काठमाडौँ आउन लाग्दा आˆनो साथमा नआएपछि पृथ्वीनारायणले मृत्युदण्ड दिएका थिए । जयन्त राना पहिलाका आˆनै भारदार भागेर जयप्रकाशकहाँ पुगेको भएर दोहोरो बदला लिएको हुन सक्छ । यद्यपि त्यो क्रुरता थियो । भक्तपुरको लुटको प्रसङ्गको कुरा गर्दा पाटन र कान्तिपुरमा नगरेको लुट भक्तपुरमा किन भयो प्रश्न उठ्नु पर्छ । लुटपाटबाहेक आगजनी, भक्तपुरका जनतालाई अनावश्यक दण्ड, जरिवाना पनि उल्लेख गरेको पाइन्छ । त्यसको यथेष्ट प्रमाणहरू प्राप्त भैसकेका छैनन् । भक्तपुरसँग गोरखाको मितेरी सम्बन्ध थियो र भक्तपुरका गुमेका भूभाग फिर्ता गराउन पृथ्वीनारायणले सहयोग पनि गरेका थिए । यद्यपि भक्तपुरलाई छोडेर उपत्यकामा आधिपत्य भने हुने थिएन ।

राष्ट्रिय एकता दिवस भनेर पृथ्वीनारायणको पूजा गर्ने पञ्चायती संस्कार गलत थियो । पृथ्वीनारायणको उपदेशलाई “दिव्योपदेश” भन्नु अर्को हास्यास्पद निर्णय हो । राजतन्त्रलाई खुसी पार्न गरिएका चिप्ला र चिल्ला वर्णनले पृथ्वीनारायणको नाम र कामलाई नै हानी भएको छ

कान्तिपुर र पाटनका राजाहरूलाई संरक्षण प्रदान गरेर गोरखालाई घात गरेको अर्थमा प्रतिशोध लिइएन भन्न सकिँदैन । तर, त्यस्तो प्रतिशोध लिइएकै भए पनि सर्वसाधारण जनता पर्नु हुँदैनथ्यो । त्यसको उचित मूल्याङ्कन हुनैपर्छ । उपत्यकाका मल्ल राजाहरूको द्वन्द्वको कुरा गर्दा उपत्यकाका राज्यहरू बिच पनि त्यस्तै लडाइ पर्दा परस्पर लुटपाट र आगजनी हुने गर्थे भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ । बाहिरबाट आउनले पनि पटक पटक उपत्यकामा आगो लगाइदिएका थिए । भक्तपुरमा आक्रमण गर्न जानेहरू गोरखाका मात्र नभएर कान्तिपुर र पाटनका सैनिक पनि थिए । कीर्तिपुर युद्धमा भारी नोक्सान व्यहोर्दा समेत नगरिएको लुटपाट भक्तपुरमा किन भयो खोजको विषय हुन सक्छ ।

प्रारम्भमा पृथ्वीनारायणमा केही उन्माद पक्कै पनि थिए भन्ने अनुमान हुन्छ । मकवानपुरमा जुत्ता लगाएर सलाम गर्ने सेनाका जवानहरूलाई कटाउनु यसको एउटा उदाहरण हो । यद्यपि त्यो जेठान दीगबन्ध सेनसँग लिएको तात्कालीक प्रतिशोध हुन सक्छ । काशीबाट फर्किँदा गोरखपुर नजिक चेकजाँच गर्ने मुसलमान कर्मचारी पनि पृथ्वीनारायणको उन्मादको शिकार भएका थिए ।

अर्काको मुलुकमा सुझबुझले काम गर्नु पर्ने ठाउँमा मारधाडमा उत्रिनु बुद्धिमत्ता पक्कै पनि होइन । गोरखा र्फकने क्रममा बुटवलमा पनि त्यस्तै घटना घट्यो । यसमा केही बढाइचढाइ पनि हुन सक्छ । पूर्वी नेपाल दखल गर्ने क्रममा अरुण किनारमा भएको युद्धमा विपक्षीतर्फ ठूलो हताहत भएको थियो । सेनाका कतिपय जवान अरुणमा वेपत्ता भएका थिए । यसलाई लिएर ज्यूँदा मानिसलाई बोरामा हालेर अरुणमा ˆयाँकिएको पनि बताइन्छ ।

त्यस्ता घटना हुँदै भएन भनेर दाबी गर्न सकिँदैन । तर, उचित अनुसन्धानको अभावमा तथ्य र तथ्याङ्कको तोडमरोड भएको हुन सक्छ सम्भावना पनि त्यत्तिकै रहन्छ । किनभने उपत्यकाबाट निष्कासित इसाई धर्मावलम्बी र तिब्बतसँगको व्यापारमा नियन्त्रण गरिरहेका काश्मिरी मुसलमान र गोसाइँहरू पृथ्वीनारायणसँग असन्तुष्ट थिए । उनीहरूले तथ्यलाई बढाइचढाइ गरी प्रचार प्रसार गरेका थिए ।

विशेष गरी पश्चिमा इतिहासकारहरूको वर्णनमा यस्ता चर्चा परिचर्चा र हल्लाले पनि प्रशस्त स्थान पाएका देखिन्छन् । नुवाकोट फत्ते गरेपछि बेलकोट हान्न जान केही धैर्य गर्न कालु पाँडेले दिएको सल्लाह नमानेर हतारिएर जाँदा झन्डै आफैं परेका घटना हेर्दा पृथ्वीको हतारिने र फुर्सदमा पछुताउने स्वभाव पनि देखिन्छ ।

विश्लेषण

इतिहास भनेको एउटा ठूलो वर्णपट हो । कतिपय परम्परा आदिबाट कोही पनि व्यक्ति मुक्त हुन सक्दैन । पृथ्वीनारायण प्रचलनलाई मानेरै अघि बढेका हुन् । त्यो अस्वाभाविक होइन । अहिले हामीले खोजेको क्रान्तिकारी चरित्र उनमा देखिएन भनेर उनको योगदानलाई अस्वीकार गर्नु तर्कसङ्गत देखिँदैन । मनुस्मृतिलाई विकृत ढङ्गले प्रयोग गरेर जातजातिमा कठोर विभाजन गर्ने काम काठमाडौंमा जयस्थिति मल्लले गरेका थिए, जो वास्तवमै दक्षिणबाट आएका थिए र दक्षिणको प्रचलन यहाँ थोपरेका थिए ।

नेवार एउटा छुट्टै जाति नभएर लामो कालखण्डमा पटक-पटक गरेर नेपाल भित्रिएका मानिसहरूको समुह भएकोले जयस्थिति मल्लले जात विभाजन गरे हुनन् । तर, त्यो विभाजन नै भविष्यको लागि दूर्भाग्यपूर्ण ठहरियो । पृथ्वीनारायणलाई राम शाह, जयस्थिति मल्ल वा महेन्ऽ मल्लको जस्तै छुट्टै संहिता जारी गर्ने मनुसवा थियो ।
यसको अर्थ, केही परिवर्तन गर्ने चाहना र मुलुक ठूलो भएपछि त्यसैअनुसारको संहिताको आवश्यकता अनुभूत भएको हुन सक्छ । उनको समयमा भएका न्यायसम्पादनका प्रक्रिया र घटनाहरूलाई हेर्दा त्यो कुरा बुझिन्छ । यसको अर्थ फेरि के पनि होइन भने पृथ्वीनारायणले कुनै क्रान्तिकारी छलाङ लिने थिए । पृथ्वीनारायण त्यही समाजका उपज हुन् भन्ने कुरा बिर्सनु हुँदैन ।

राष्ट्रिय एकता दिवस भनेर पृथ्वीनारायणको पूजा गर्ने पञ्चायती संस्कार गलत थियो । पृथ्वीनारायणको उपदेशलाई “दिव्योपदेश” भन्नु अर्को हास्यास्पद निर्णय हो । राजतन्त्रलाई खुसी पार्न गरिएका चिप्ला र चिल्ला वर्णनले पृथ्वीनारायणको नाम र कामलाई नै हानी भएको छ ।

पृथ्वीनारायणलाई देवत्वकरण गरेर राजतन्त्रलाई दिगो बनाउन सकिने कुरा दिवास्वप्न थियो, जुन अहिले वास्तविकतामा परिणत भएको छ । आˆना केही भारदारहरूको अगाडि पृथ्वीनारायणले बताएका केही आˆना नीजि विगत, केही आˆना योजना र केही सल्लाह सुझावलाई उनको देहावसानको लगभग तीस वर्षसम्म अभिलेखीकरण गरिएको थिएन । सन् १८०० को आसपास तिनीहरूमध्ये कसैले लिपिबद्ध गरेको भनाइलाई दिव्योपदेश भन्नु त्यसको मानवीय पक्षलाई इन्कार गर्नु हो ।

पृथ्वीनारायण कतिपय कमजोरीसहितका एक मान्छे नै थिए । उनले नेपाल राज्य निर्माणको प्रारम्भमा नेतृत्वदायी भूमिका खेलेका थिए भन्ने पाटोलाई बढी महत्व दिनुपर्थ्यो । एकतालाई अगाडि बढाउने कुरामा पृथ्वीनारायणको नेतृत्व थियो तर पृथ्वी एक्लैले त्यो गरेका होइनन् । उनलाई सघाउने विभिन्न जातजातिका मान्छे थिए । त्यसैले सबैले जस पाउने, सबैलाई जस दिने परम्परा नबस्नु दुर्भाग्यपूर्ण कुरा हो ।

प्रसङ्ग नेपालको एकताको हो, पृथ्वीनारायणको जन्म वा मृत्युको स्मरण गर्ने मात्र होइन । मान्छे जन्मनु र मर्नु एउटा शाश्वत घटना हो । राष्ट्रिय एकताको श्रेय पृथ्वीनारायणलाई मात्र दिनुपर्छ भन्ने छैन । पराजित समूहले धेरै कुरा गुमाएर पनि राष्ट्रिय एकतामा गाँसिएका छन्

एकथरिको तर्क के छ भने मुलुक एकीकरण ऐतिहासिक आवश्यकता थियो, पृथ्वीनारायणले नगरेका भए अर्कैले गर्थे । तर त्यो धारणा कोरा भ्रम हो । तत्कालीन समयको जति जानकारी छ, त्यसको आधारमा मूल्याङ्कन गर्दा अर्को कुनै व्यक्ति त्यो बेला पैदा हुन्थ्यो भन्ने देखिँदैन । सम्पन्न भनिएका उपत्यकाका राजाहरू थिए, पाल्पा थियो, मकवानपुर थियो । यिनीहरूबाट केही हुन सक्ने देखिएकै थिएन । वास्तवमा एकीकरण भनेर जुन अहिले दाबी गरिँदैछ, त्यो नै पनि पृथ्वीनारायणको योजना थिएन । ठूलो र सम्पन्न मुलुकको राजा हुने मुख्य उद्देश्य मात्र थियो । पृथ्वीनारायण त्यो कामनाले घचेटिएर अघि बढेका थिए । गोरखा कुनै समृद्ध क्षेत्र थिएन ।

द्रव्य शाहका नाति राम शाहले गोरखाको समृद्धि तिब्बतसँगको व्यापारमा रहेको देखे । तिब्बतसँगको व्यापारमाथि नेपाल उपत्यकाको एकलौटी थियो । राम शाहले तिब्बत जाने बाटोमाथि पहुँचको प्रयास पनि गरेका थिए । पृथ्वीनारायणमा त्यो विचारले महत्वाकांक्षा पैदा गर्‍यो । तिब्बतसँग व्यापार गर्ने मुख्य मार्गमाथि नियन्त्रण गरेर गोरखाको समृद्धि गर्ने सपना थियो । सकेसम्म ठूलो मुलुकको राजा हुने सपना थियो । समृद्ध मुलुकको राजा हुने रहर थियो । समकालीन पाल्पा, तनहुँ, लमजुङ, मकवानपुर र सके नेपाल उपत्यकाकै राजा सरह हैसियत बनाउने सपना थियो ।

आज हामी सङ्क्रमणकालीन न्याय भनेर कुदिरहेका छौँ । त्यही तर्क पृथ्वीनारायणको हकमा पनि लागू हुनुपर्छ । गुमाउनेले के गुमाए भन्ने कुराको लेखाजोखा पनि गरिनुपर्छ । गुमाउँदाको पीडालाइ बिर्सनुपर्छ भन्ने होइन । तर, त्यसको वस्तुगत विश्लेषण हुनुपर्छ

यो क्रममा जब जयप्रकाशले अङ्ग्रेजसँग सहयोग मागे, तब राष्ट्रियताको भावनाको पनि शिलान्यास भयो । बाहिरीया विरुद्ध एकजुट हुने हुटहुटी त्यसअघि भएको थिएन । त्यसकारण एकीकरण ऐतिहासिक आवश्यकता भन्न सकिंदैन, जुन अवश्यम्भावी हुन्थ्यो कसै न कसैको हातबाट ! यथार्थ चाहिँ के देखिन्छ भने छिन्नभिन्न र परस्पर द्वेष तथा ईर्श्याले ग्रस्त भुरेटाकुरेहरू एक वा अर्को कारण छिमेकी राज्य विरूद्ध अंग्रेजको शरणमा पुग्थे ।

त्यो समयमा पृथ्वीनारायण नामका दुस्साहसी राजा निस्के र राज्यविस्तार अभियान चलाए, जुन समय क्रममा राष्ट्रिय एकताको आधार बन्यो । यसमा योगदान धेरैको छ । काठमाडौंका जनताको पनि छ, जो जयप्रकाश मल्लसँग आजित थिए । जनताको साथ नपाई पृथ्वीनारायणले रक्तपातविहीन विजय गर्न सक्ने थिएनन् । राष्ट्रिय एकता दिवस मनाउँदा पृथ्वीनारायणलाई मात्र नसम्झेर सबैलाई सम्झिन नसक्नु पहिलेको दृष्टिदोष थियो । त्यही दृष्टिदोषको कारण अहिले पृथ्वीनारायणलाई गलत भन्ने अर्को दोषको प्रादुर्भाव भएको छ ।

प्रसङ्ग नेपालको एकताको हो, पृथ्वीनारायणको जन्म वा मृत्युको स्मरण गर्ने मात्र होइन । मान्छे जन्मनु र मर्नु एउटा शाश्वत घटना हो । राष्ट्रिय एकताको श्रेय पृथ्वीनारायणलाई मात्र दिनुपर्छ भन्ने छैन । पराजित समूहले धेरै कुरा गुमाएर पनि राष्ट्रिय एकतामा गाँसिएका छन् । आखिर नेपाल छुट्टै मुलुक बन्यो, जसको कारण हामीहरूले आˆनो अन्तरराष्ट्रिय पहिचान पाएका छौं ।

इतिहास भनेको वास्तवमा अत्याचारकै इतिहास हो । गुमाउनेहरूकै इतिहास हो, तर लेखिन्छ जित्नेको आँखाबाट । जित्ने भनिएकाहरूले पनि गुमाएका हुन्छन् । तर त्यो ओझेलमा परेको हुन्छ । गोरखा ठूलो राज्य हुन पुग्दा केन्द्र हुनबाट बञ्चित रहृयो । समृद्धिको मूल प्रवाहमा गोरखा पुग्नै पाएन । गोरखाले गुमाएको पाटो हो यो । नुवाकोट, लामीडाँडा कब्जा गरिसकेपछि पृथ्वीनारायणले गोरखाबाट मानिसहरू यी स्थानहरूमा बसाइँ सराएका थिए । नयाँ स्थानको रजाइँ गर्ने क्रममा शासनको मूल प्रवाहमा यी आउन पाएनन् ।

राष्ट्रिय एकता दिवस अरू दिन मनाउँदा पनि हुन्छ, पृथ्वीनारायणकै जन्म वा मृत्यु दिन नै पार्नु पर्छ भन्ने छैन । जुनसुकै दिन भए पनि त्यो दिनमा सम्झिने व्यक्तिहरूमा पृथ्वीनारायणको नाम अग्रपंतिमा आउनुपर्छ । एक महत्वपूर्ण व्यक्तिको रूपमा सम्झिनुपर्छ यिनलाई । त्यो समयमा पृथ्वीनारायणले गरेका राम्रा र गलत दुबै काम कुराको निष्पक्ष आलोचना गरिनुपर्छ । यसरी आलोचना गर्दै गर्दा पनि आजको नेपाल उनको नेतृत्वको परिणाम हो भन्ने स्वीकार्नु आवश्यक छ । यसो गर्दा कोही पनि पराजित भएको हुँदैन ।

आज हामी सङ्क्रमणकालीन न्याय भनेर कुदिरहेका छौँ । त्यही तर्क पृथ्वीनारायणको हकमा पनि लागू हुनुपर्छ । गुमाउनेले के गुमाए भन्ने कुराको लेखाजोखा पनि गरिनुपर्छ । गुमाउँदाको पीडालाइ बिर्सनुपर्छ भन्ने होइन । तर, त्यसको वस्तुगत विश्लेषण हुनुपर्छ । गुमाएको र पाएकोको तुलना गरिनुपर्छ । गुमाएका मात्र छौं, पाएका केही पनि छैनौं भन्ने तर्क अवस्तुवादी तर्क हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment