Comments Add Comment

व्यापारिक रुपमा ‘ठन्डाराम’ पौष, न चले निखिल न चलिन् बर्षा

पौष महिनामा चलचित्र रिलिज गर्नका लागि निर्माताहरु खासै रुची देखाउँदैनन् । एकातिर जाडो महिना अर्कोतिर दिन छोटो हुने भएकाले पनि यो महिना चलचित्र रिलिज गर्द दर्शक हलसम्म नआउने विश्वास निर्माताको छ । तर, पौष महिनाको अन्तिम साता भने माघे संक्रान्तीको बिदालाई लक्षित गर्दै चलचित्र रिलिज हुने गर्छन् ।

यो बर्षको पौष महिना पनि नेपाली चलचित्रका लागि ‘ठन्डाराम’ देखिएको छ । यो महिना रिलिज भएका कुनै पनि नेपाली चलचित्रले गतिलो व्यापार गरेनन् । यो महिनाको अन्तिम साताको शुक्रबार २ आशातित चलचित्र रिलिज भएका थिए । सन्तोष पन्त, तैयब शाह, विल्सन विक्रम राई, रविन्द्र झा, बर्षा राउतले अभिनय गरेको चलचित्र ‘चौका दाउ’ व्यापारिक रुपमा मात्र असफल बनेन, दर्शक र समिक्षकले पनि यसलाई खराब चलचित्र भनेका छन् । चलचित्रले शुक्रबार र शनिबार नै खराब व्यापार गरेको छ । यो चलचित्र हेर्ने दर्शक नेपाली चलचित्रप्रति नै भड्किने प्रतिक्रिया समिक्षकको छ ।

यस्तै, यो चलचित्रसँगै रिलिज भएको अर्को चलचित्र ‘भिलेन’ पनि हिरो बन्न सकेन । निखिल उप्रेती, निशा अधिकारी, शिल्पा पोखरेल जस्ता कलाकारले अभिनय गरेको यो चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारियो । यो चलचित्र आएको पनि दर्शकले थाहा पाएनन्, गएको पनि भेउ पाएनन् । पौष २० गते रिलिज भएको चलचित्र ‘जय श्री दाम’को व्यापार पनि टिढलाग्दो देखियो । यो चलचित्रका निर्माताले त हलमा चलचित्र आउनु अगावै १५ मिनेटको सुरुवाती दृश्य युटुबमा राखिदिएका थिए । तर, दर्शक त्यही १५ मिनेटमै दिक्क भएको देखियो । जसलेगर्दा, उनीहरु हलसम्म जान तयार भएनन् ।

यस्तै, अर्को चलचित्र ‘जे सुकै होस्’ पनि हलमा लागेको थियो । यो चलचित्रलाई दर्शकले जे सुकै होस् भनेर हेरेनन् भने निर्माता–निर्देशकले पनि हलसम्म चलचित्र लागेको जानकारी दर्शकलाई दिन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment