Comments Add Comment

भारतीय कांग्रेसनिकट महिला संघको महासचिवमा तेस्रोलिंगी अप्सरा नियुक्त

२९ पुस, काठमाडौं । भारतीय कांग्रेस निकट अखिल भारत महिला कांग्रेसको महासचिवमा तेस्रो लिङ्गी अप्सरा रेड्डी नियुक्त भएकी छन् । उनलाई कांग्रेस अध्यक्ष राहुल गान्धीले महासचिव पदमा नियुक्त गरेका हुन् ।

महिला कांग्रेसको राष्ट्रिय महासचिव बनेकी अप्सरा पहिलो तेस्रो लिंगी हुन् ।

कांग्रेस प्रवेश गरेपछि उनले भनिन्, ‘म भाजपाको तानाशाहीविरुद्ध अभियान चलाउने छु । साथै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन र उनीहरुको अधिकार रक्षाको लागि निरन्तर काम गरिरहने छु ।’

अप्सराको जन्म केटाको रुपमा भएको थियो । तर पछि उनले लिंग परिवर्तन गरिन् । उनले अष्ट्रेलिया र लण्डनमा पत्रकारिता पढेकी थिइन् । उनले अन्तर्राष्ट्रिय स्तरका धेरै मिडियाहरुमा पत्रकारको रुपमा काम गरिसकेकी छन् ।

सन् २०१६ मा भाजपामा सामेल भएको केही दिनमै उनले स्वतन्त्रता कुण्ठित भएको भन्दै पार्टी छाडिन् । त्यसपछि पूर्व मुख्यमन्त्री जय ललिताको पार्टी अन्नाद्रमुकमा सामेल भइन् र पार्टी प्रवक्ता नै बनिन् । जयललिताको निधनपछि अन्नाद्रमुक पार्टी पनि छाडेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment