Comments Add Comment

चिनीकाे मूल्य प्रतिकिलो ६३ बाट ७८ रूपैयाँ बनाउन उद्योगीकाे प्रस्ताव

२९ पुस, काठमाडौं । उद्योगीले चिनीको मूल्य बढाउन सरकारसमक्ष प्रस्ताव गरेका छन् । सरकारले उखुको नयाँ मूल्य निर्धारण गरेपछि लागत बढ्न गएको भन्दै नेपाल चिनी उद्योग संघले मूल्य बढाउन प्रस्ताव गरेको हो ।

चिनी उद्योगीले यसअघि प्रतिकिलो ६३ रुपैयाँ रहेको थोक मूल्य अब ७८ रुपैयाँ पुर्‍याउनुपर्ने बताएका छन् ।  सरकारले उखुको खुद्रा मुल्य ४७१ रुपैयाँ प्रति क्विन्टल तोकेको थियो । चिनी उद्योगीको राय समेत नलिइ सरकारले उखुको खुद्रा मूल्य निर्धारण गरेको उनीहरुको आरोप छ ।

सरकारले उखुको खुद्रा मुल्य ४७१ रुपैयाँ २८ पैसा प्रति क्विन्टल तोकेको थियो । चिनी उद्योगीको राय समेत नलिइ सरकारले उखुको खुद्रा मूल्य निर्धारण गरेको नेपाल चिनी उद्योग संघको आरोप छ । २० भदौमा प्रधानमन्त्रीले चिनी तथा उखुको वैज्ञानिक तरिकाले मूल्य निर्धारण गर्न आदेश दिएका थिए ।

त्यसपछि राष्ट्रिय योजना आयोगको संयोजनमा सबैपक्षलाई समेट्ने गरी सरकार, कृषक, उद्योगी र उपभोक्तालाई समेटेर सुझावसहितको प्रतिवेदन तयार पारिएको थियो ।

तर, उक्त प्रतिवेदनको कुनै पनि बुँदालाई ख्याल नगरि सरकारले उखुको नयाँ मूल्य तोकेको उद्योगीले भनेका छन् ।

यसअघिको मूल्यमा चिनी बिक्री गर्दा सरकारले निर्धारण गरेअनुसार किसानलाई उखुकाे भुक्तानी दिन पनि नसक्ने उनीहरुको भनाइ छ ।

सरकारले एकद्वार प्रणालीबाट चिनी खरिद गरेर त्यसको ६० प्रतिशत भुक्तानी सोझै कृषकको खातामा पठाइदिने र बाँकी ४० प्रतिशत रकम उद्योगलाई दिने खालको वातावरण बनाउन उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment