Comments Add Comment

देउवाको स्पष्टीकरणः वाइडबडीमा मैले कुनै निर्णय गरेको छैन

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको उनको तर्क छ ।

सोमबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, ‘भर्खर प्रधानमन्त्री भएको बेला थियो । १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए । कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन । मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन ।’

आफ्नो जानकारी विना केही भएको भए आफूलाई थाहा नभएको उनले बताएका छन् । नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय प्रधानमन्त्री देउवासँगै भएको बेला विमान खरिदका लागि रकम भुक्तानी भएको हालै सार्वजनिक भएको थियो ।

तर, देउवाले भने विमान खरिदमा आफ्नो नाम जोड्नु अन्यायपूर्ण भएको बताएका छन् । उनले भने, ‘प्रचण्डजी प्रधानमन्त्री हुँदा नै सरकार जमानी बस्ने निर्णय गरेको छ । मैले कुनै निर्णय गरेको छैन । अनि मलाई किन दोष दिने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment