Comments Add Comment

यौन दुर्व्यवहारको आरोप लागेपछि हिरानीले भने–‘यो सबै गलत कुरा’

बलिउडमा ‘मि टू’को प्रकरण हाबी छ । केहि समय अगाडि चर्किएको यो अभियान विचमा सिथिल बनेको थियो । अब, फेरि यो प्रकरण चर्किज थालेको छ । आइतबार बलिउडका सफल निर्देशक राजकुमार हिरानीमाथि उनीसँगै काम गरेकी एक महिला सहकर्मीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सिंगो बलिउड नै अचम्ममा परेको छ ।

चलचित्र ‘सञ्जु’मा हिरानीसँगै काम गरेकी एक महिलाले आफूमाथि हिरानीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले, हिरानीले पठाएको इमेल समेत हिरानीका साथीहरुलाई पठाएकी छिन् । आफ्नो बुबा बिरामी परेकाले आफूलाई जागिरको खाँचो भएको भन्दै उनले हिरानीले दुर्व्यवहार गरेपनि आफूले काम गरेको खुलाएकी छिन् ।

आफूमाथि यस्तो आरोप लागेपछि बलिउडका सबैभन्दा सफल निर्देशक हिरानीले मुख खोलेका छन् । उनले, यो झुटो आरोप भएको भन्दै खण्डन गरेका छन् । हिरानीको प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ–‘म यो खबर सुनेर अचम्मित भएको छु । चलचित्र रिलिज भएको केही महिनापछि यो कुरा बाहिरिनु आफैमा अचम्मलाग्दो कुरा हो । यो मेरो लोकप्रियतालाई कमजोर बनाउनका लागि चालिएको कदम हो । म निकै कठोरताका साथ भन्न चाहन्छु कि यो गलत कदम मेरो लोकप्रियतालाई बदनाम गर्न चालिएको एउटा दुर्भाग्यपूर्ण कदम मात्र हो ।’

बलिउडमा राजकुमार हिरानीले केही ब्लकबस्टर चलचित्र दिएका छन् । ‘मुन्ना भाई सिरिज, थ्रि इडियट्स, पीके, सञ्जु’ जस्ता चलचित्रका निर्देशकको यो खबरले अहिले बलिउडलाई नै तरंगित बनाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment