Comments Add Comment

माघे संक्रान्तिको खानेकुरा कति उपयोगी ?

चाडपर्वसँग खानपानको पनि साइनो छ । तिहारको सेलरोटी, दशैंको मासु, असार पन्ध्रको दही चिउरा । यस्तै परिकारसँग जोडिएको छ माघे संक्रान्ति पनि ।

आज माघे संक्रान्ति । माघे संक्रान्तिमा घिउ, चाकु, तिल, तरुल, सखरखण्डलगायतका परिकार खाएर मनाउने चलन छ ।

माघे संक्रान्तिमा खाने परिकारले चिसोबाट थाकेका अंगलाई न्यानो प्रदान गर्नका लागि मदत पुर्‍याउँछ । त्यसैले यस्ता खाद्यपदार्थ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यस्ता खाद्यपदार्थ प्रयोग गर्नुका संास्कृतिक धार्मिक महत्व त छ नै स्वास्थ्यलाई पनि निकै फाइदा पुर्‍याउँछ ।

घिउ-चाकु

माघे संक्रान्तिमा प्रयोग गरिने एउटा महत्वपूर्ण खाद्यपदार्थ भनेको घिउ-चाकु हो ।

घिउलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा शरीरलाई ताप प्राप्त हुन्छ । यसको प्रयोग यसकारण गरिन्छ की जाडो याममा मानिसलाई बढी ऊर्जाको आवश्यकता हुन्छ । त्ययही उर्जा प्राप्त गर्नको लागि घिउ चाकु प्रयोग गर्ने प्रचलन भएको हो । यसका आफ्नै धार्मिक तथा सांस्कृतिक कारण पनि छन् ।

उखुलाई आगोमा खारेर चाकुमा परिष्कृत गरिन्छ । त्यही चाकु संक्रान्तिमा भगवानलाई अर्पण गर्दै प्रसादका रूपमा ग्रहण गरिन्छ । शरीरमा ताप सिर्जना गर्नका लागि मुख्य खाद्यपदार्थका रूपमा पुर्खाले चाकु खाने परम्पराको सुरुवात गरेको अनुसन्धानले बताईसकेको छ । यसको वैज्ञानिक कारण भनेको १ माघ मध्य जाडो भएकाले पनि यसको प्रयोग उत्तम मानिन्छ ।

यसको मेडिकल फाइदा पनि छ । चाकुबाट चिनी हुने तत्व प्राप्त गर्न सकिन्छ । चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज प्राप्त गर्न सकिन्छ । चाकुबाट क्यालोरी, कार्बोहाइड्रेड र आइरनसमेत प्राप्त गर्न सकिन्छ । तर, मधुमेह र मिर्गौलाका बिरामीले भने यसको बढी प्रयोग गर्नु हुँदैन ।

तरुल

तरुल रेसादार खाद्यपदार्थ हो । त्यसैले, यसबाट बढी मात्रामा फाइवर प्राप्त गर्न सकिन्छ ।  जाडोको मौसममा तरुल निकै लाभदायक मानिन्छ । माघे संक्रान्तिमा यसलाई पनि प्रसादकै रुपमा ग्रहण गर्ने प्रचलन छ ।

प्राचिन मानिसको मुख्य खाद्यपदार्थ भनेकै कन्दमुल र फलफूल थियो । उनीहरुले यस्तै खानालाई प्रशय दिने गर्थे । त्यसैले पनि बनको तरुल र घरमै उत्पादन गर्ने सखरखण्डलाई संक्रान्तिको मुख्य खाद्यपदार्थको रुपमा विकास गरियो । लामो समयदेखि घरमै पनि तरुलको गरिन्छ । वजारबाटै विभिन्न खालका तरुल पनि खरिद गर्न सकिन्छ ।

तरुल कन्दमुल अन्तरगत पर्ने तरकारी हो । यसबाट प्रोटिन, मिनरल र विभिन्न प्रकारका भिटामिन पाइन्छ । जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ । तरुललाई साप्ताहिक रुपमा नियमित प्रयोेग गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । मधुमेहको विरामीले भने अलि कम नै प्रयोग गर्दा राम्रो ।

तिलको लड्डु

संक्रान्तिमा तिलको लड्डु बनाएर प्रयोग गर्ने प्रचलन छ । जुन जाडो मौसममा अति स्वस्थकरह हुन्छ । तिलले शरीरलाई शक्ति प्रदान गर्छ ।

बजारमा क्यास्ट्रोल, तोरी, ओलिभ, सस्युँ, बदाम आदिका तेल उपलब्ध हुन्छ । यी सबैकोभन्दा तिलको तेल निकै स्वस्थकर र उत्तम हुन्छ । धार्मिककार्यका लागि पनि यसको तेल पवित्र मानिन्छ ।

मेडिकल फाइदा

तिलमा मल्टी भिटामिन हुने गर्छ । यसबाट आइरन र प्रोटिनको मात्रा पनि प्राप्त गर्न सकिन्छ । जुन स्वास्थ्यको लागि निकै उपयुक्र मानिन्छ । यस्ता खाद्यपदार्थले शरीरलाई हिट दिन्छ । गर्मी मौसममा भने यसको प्रयोग नगर्दा राम्रो हुन्छ ।

डा. सेन्चुरी वीर अस्पतालका सिनियर फिजिशियन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment