१ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतको बेश्यालयहरुमा लगेर नेपाली किशोरी बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान–१७ का ३१ वर्षीय छोङहाङ राई भनिने सन्तोष राई छन् । ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार उनलाई धरान–१७, धनकुटे रोडबाट पक्राउ गरिएको हो ।
राईले नेपाली बालिका तथा किशोरीलाई रोजगारी लगाइदिने प्रलोभनमा पारेर नयाँ दिल्लीस्थित जीबी रोडको बेश्यालयमा बिक्री गर्ने गरेको खुलेको उनले बताए ।
चतुर्वेदीका अनुसार उनले बोर्डर पास गराएर ६ लाख रुपैयाँमा नेपाली किशोरीलाई बिक्री गर्ने गरेको खुलेको छ । पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय, धरानले मुद्दा चलाउने छ । घटनाबारे थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4