Comments Add Comment

साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षले लिए शपथ

१ माघ, काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष अच्युुत प्रसाद प्रसाईंले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैंकका अध्यक्ष प्रसाईंले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बैंकको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले प्रसाईंलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था बमोजिम प्रसाईले शपथ लिएका हुन् ।

आ.ब. २०७५/७६ को दोस्रो त्रैमासमा बैंकले करिब १८ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन तथा १६ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरि करिब २९ करोड ५० लाख रुपैयाँ संचालन मुुनाफा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment