Comments Add Comment

आयुष्मान र शिल्पाको ‘सानो मन’

‘सानो मन’ नामक चलचित्र निर्माण हुने भएको छ । म्यूजिकल लभस्टोरी कथामा यो चलचित्र निर्माण हुने भएको छ । यो चलचित्रको छायांकन माघको ७ गतेबाट सुरु हुँदैछ । यो चलचित्रमा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका छ । शिल्पाले यस अगाडि चलचित्र ‘कागजपत्र र द ब्रेकअप’मा काम गरिसकेकी छिन् ।

नायक आयुष्मानले यो चलचित्र धेरै अगाडि साइन गरेको बताए । शिल्पाले भने २ बर्ष अगाडि लण्डनमा हुँदा नै यो चलचित्र साइन गरेको बताइन् । आयुष्मानले भने–‘चलचित्रमा मेरो भूमिका नव–निर्वाणको छ । चलचित्रको कथा सामान्य तर मिठो छ ।’ नायिका मास्केले पनि कथा मन परेकाले आफूले छाड्न नसकेको बताइन् ।

चलचित्रको छायांकन काठमाण्डौ, भैरहवा, हङकङ र मकाउमा हुनेछ । चलचित्रमा योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी रहनेछ । चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्टको पनि मुख्य भूमिका रहनेछ । चलचित्रलाई डेब्यू निर्देशक सूयोग गुरुङले निर्देशन गर्दैछन् । आलोक शुक्लाको छायांकन रहने चलचित्रमा समिर सुनवार र निर्देशक गुरुङको कथा छ । निर्देशक गुरुङले यो चलचित्रलाई आफ्नो सपनाको चलचित्र भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment