२, माघ, चितवन । खैरहनी नगरपालिका सार्वजनिक जग्गा संरक्षणमा सक्रिय बनेको छ । नगर भित्र रहेका सार्वजनिक जग्गा भू-माफियाले हडप्ने, साँधसिमानाका जग्गा धनीले चेप्दै जाने क्रम बढेपछि नगरपालिकाले संरक्षण कार्यमा सक्रिय बनेको हो ।
सार्वजनिक जग्गा संरक्षण गर्न खैरहनी नगरपालिका-१ को उत्तरतर्फ बहेरीमा बुधबार मिचिएको सार्वजनिक जग्गा नापी गर्ने काम भएको छ ।
खैरहनीका मेयर लालमणी चौधरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, नगर प्रवक्ता रामशरण पाण्डे, खैरहनी-१ का वडाध्यक्ष भूमिप्रसाद कडेंल, इन्जिनियर राजेश कोइरालालगायतको उपस्थितिमा करिब एक विघा जग्गा नापी गरी छुट्याइएको हो ।
नापी गरिएको जग्गा पोल गाडी तारले घेरेर संरक्षण गर्ने नगरपालिकाका मेयर लालमणी चौधरीले बताए । मेयर चौधरीका अनुसार नगरपालिकाले अहिले सम्म करिब १५ विघाभन्दा बढी सार्बजनिक जग्गा संरक्षण गरिसकेको छ ।
खैरहनी- ५ मा ९ विघा, १० मा डेढ विघा, ११ को दुई स्थानमा दुई विघा, १३ मा १० कट्ठा जग्गा संरक्षण गरिएको मेयर चौधरीले जानकारी दिए ।
प्रतिक्रिया 4