Comments Add Comment

हातमा फिल्म छैन, तर घटेको छैन राजेश हमालको व्यस्तता

नायक राजेश हमालको क्रेज पर्दामा कमजोर बनेतापनि पर्दा बाहिर जस्ताको तस्तै छ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि राज गरेका हमालले बनाएको उचाई नै यति लोभलाग्दो छ कि, चलचित्र हेर्ने र नहेर्ने दर्शकको मुखमा उनको नै नाम झुन्डिएको छ ।

चलचित्र ‘शकुन्तला’मा काम गरेपछि चलचित्रमा काम गर्नबाट विश्राम लिएका नायक हमालको हातमा अहिले कुनै पनि प्रोजेक्ट छैन । उनले चलचित्र बनाउने, उनलाई लिएर चलचित्र बनाउने बिषयमा समाचार त सार्वजनिक भैरहेका छन् । तर, हमालले नयाँ कुनै पनि चलचित्र साइन गरेका छैनन् ।

तर, पनि राजेश हमालको व्यस्ततामा कुनै कमी आएको छैन । उनलाई अहिले पनि आफ्नो सेड्यूल मिलाउन समस्या परिरहेको छ । अधिकांश कार्यक्रममा श्रीमती मधु भट्टराइसँग पुग्ने नायक राजेश हमाल आइतबारदेखि ‘को बन्छ करोडपति’को छायांकनमा व्यस्त हुनेछन् ।

हिमालय टेलिभिजन एचडीको भव्य समारोहमा भेटिएका नायक हमालले छोटो कुराकानीमा भने–‘विभिन्न महोत्सवमा सहभागी हुन पनि पुग्नुछ । यस्तै, अब केबीसीको छायांकनमा पनि व्यस्त हुनेछु ।’
उनी, विदेशमा आयोजना हुने कार्यक्रममा पनि उत्तिकै व्यस्त छन् । उनी, हालै मात्र जापानमा आयोजित एक कार्यक्रममा पुगेर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment