+
+
Shares

प्रधानमन्त्रीको निर्देशन–यात्रु बोक्ने मोटरसाइकललाई नरोक्नू

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ३ गते १३:४३

३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्यमा रोक नलगाउन निर्देशन दिएका छन् । दुईपांग्रे सवारी साधनले भाडा लिएर यात्रुहरु बोक्न नपाउने भन्दै प्रहरी प्रशासन र यातायात व्यवस्था विभागका अधिकारीहरुले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री ओलीले यो कार्यमा अवरोध नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरसाग भने- ‘प्रधानमन्त्रीज्युले टुटल र पठाओकै विषयमा त बोल्नुभएको होइन, तर मोटरसाइकलमा यात्रुहरु बोक्न नदिएको गुनासो सुनिएको छ भन्दै यसमा रोक नलगाउन निर्देशन दिनुभएको हो ।’

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय योजना आयोगको एक कार्यक्रममा उपस्थित भएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र गृहमन्त्री रामबहादुर थापा बादल दुबै जनालाई त्यस्तो निर्देशन दिएका हुन् ।

मोटरसाइकलमा सवार व्यक्ति प्यासेन्जर हो वा हैन भनेर छुट्याउने कुनै संयन्त्र नभएको भन्दे प्रधानमन्त्री ओलीले यो विषयलाई बढ्ता नउचाल्न र यथास्थितिमै राख्न मन्त्री महासेठलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै अधिकारीले अनलाइनखबरसाग भने- ‘व्यवस्थित नगरी यसमा रोक लगाउनुहुादैन, यसले भ्रम सिर्जना गर्छ । यस्तो कुरालाई स्टप गर्नोस् ।’

निश्चित विधि र नियम बनाएर यसलाई लागू गर्नुपर्ने बताउादै प्रधानमन्त्री ओलीले भ्रम सिर्जना गर्नेखालका गतिविधि नगर्न मन्त्रीहरुलाई भनेका छन् ।

मन्त्रीहरुमाथि प्रधानमन्त्री ओलीको प्रश्न थियो- ‘मोटरसाइकलको पछाडि बसेको मान्छे बहिनी, श्रीमती हो कि ? कोही आफन्त हो कि ? वा अरु नै हो भनेर कसरी छुट्याउने ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?