Comments Add Comment

मस्ती टकः सुशिलले सुवेच्छालाई रोजेपछि रिसाइन् सुपुष्पा(भिडियो कुराकानी)

नायक सुशिल सिटौलाका लागि चलचित्र ‘रणवीर’मा काम गर्न सहज थिएन । किनकी, यो चलचित्रको कथा पढ्दा नै उनलाई आफूले गर्न सक्छु जस्तो लागेको थिएन । चलचित्रका लागि उनले १५ केजी तौल बढाएका छन् । यसका लागि उनले दिनमा १० वटा अन्डा र चना खानुपथ्र्यो । खाएर, खासै हिड्न पनि पाउदैनथ्य । सुशिल संझन्छन्–‘मैले यो चलचित्रको कथा २ घन्टामा पढिसकेको थिएँ । कथा पढेपछि यो चुनौती लिनका लागि म तयार भएँ ।’

सुशिल, सुवेच्छा र सुपुष्पासँग गरिएको ‘ओके मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


चलचित्रमा सुशिलसँगै काम गरेकी छिन्, नव–नायिका सुवेच्छा खड्काले । नायिका खड्का भन्छिन्–‘मलाई चलचित्रमा काम गर्नका लागि आफ्नो मात्र भूमिकाले तानेर हुँदैन । चलचित्रमा अरु कलाकारको भूमिका कस्तो छ र चलचित्रलाई अगाडि बढाउनका लागि मेरो भूमिकाको महत्व कती छ । यी सबै कुराहरु हेरेर म चलचित्र गर्छु । यही कुरा पाएर नै मैले चलचित्रमा काम गरेकी हुँ ।’

‘ओके मस्ती टक’मा सुशिलले नायिका सुवेच्छा रोजेपछि नव–नायिका सुपुष्पा भट्ट रिसाइन् । कुराकानी गर्ने क्रममा यो जोडीलाई हामीले केही चलचित्रको बिषयमा सोध्यौ, जसको जवाफमा सुपुष्पाले सही जवाफ धेरै दिइन् ।
रमाइलो कुराकानीका क्रममा सुशिललाई हामीले २ मध्ये एक रोज्न आग्रह गर्यौ । उनले सुपुष्पा र सुवेच्छामध्ये सुवेच्छालाई रोजे । यस्तै, उनले विपिन कार्की र दयाहाङ राइमा विपिनलाई रोजेका छन् ।

सुशिल, सुवेच्छा र सुपुष्पासँग गरिएको ‘ओके र्यापिड फायर’को भिडियो यहाँ हेर्नुहोस्ः


कुराकानीका क्रममा सुपुष्पा र सुशिलको प्रेम चर्चाको कुरा पनि उठेको थियो । सुशिलले प्रेमको बिषयमा भने–‘मैले त तपाइको मुखबाट सुनेको हो । काम गर्दै गर्दा माया त भैहाल्छ नी । तर, यो प्रेमलाई साथीको प्रेमको रुपमा हेर्न आवश्यक छ ।’

सुशिलले आफूलाई केटी हुन नपाएर मिस गरेको एउटा कुरामा ‘कपाल’ भनेका छन् । यस्तै, सुवेच्छाले केटा जुनसुकै कुराबाट पनि बाहिरिन सक्ने तर केटी नसक्ने बताइन् । तीन कलाकारले ‘ओके मस्ती टक’मा निकै रमाइलो कुराकानी गरेका छन् । यसका लागि तपाइले पूर्ण भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment