Comments Add Comment

खप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र पुलिस भिड्ने

३ माघ, काठमाडौं । तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार धनगढी रंगशालामा भएको खेलमा टाइब्रेकरमा संकटालाई ५-४ ले पराजित गर्दै पुलिस फाइनल पुगेको हो । पहिलो र दोस्रो हाफमा दुबै टिमले बराबरी खेलेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

खेलको १३ औं मिनेटमा पुलिसका अभिषेक रिजालको क्रसमा तिर्थ रानाको हेडरले पोस्टको दिशा लिन सकेन । २७ औं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो । सुभाष गुरुङको पासमा एलोन म्याक्सवेलले वन भर्सेस वनमा गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले सहजै बचाए ।

दोस्रो हाफमा दुवै टोलीले अपेक्षित रुपमा आक्रमक मुभ बुन्न सकेनन् । संकटा ८०औं मिनेटमा अग्रता लिनबाट चुक्यो । पुलिसका गोलरक्षक शत्रुघन चौधरीले पन्च गरेपछि पोजिसनमा नहुादा सुभाष गुरुङले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ८५ औं मिनेटमा पुलिसका रवी पासवानको क्रसमा निरकुमार राईको प्रहारलाई गोलरक्षकले सहजै बचाए ।

टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे । पााचौ प्रहारमा सुभाष गुरुङको प्रहार गोलरक्षक रोशन खड्काले बचाए । पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र विक्रम धिमाल पेनाल्टीमा सफल भए ।

पुलिसले अब प्रतियोगिताको उपाधि भिडन्तमा शनिबार थ्रीस्टारको सामना गर्नेछ । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment