+
+
Shares

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ५ गते १६:२०

५ माघ, भद्रपुर । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पौडेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई शनिबार बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पौडेलले आज बिहान सोही वडाका २४ वर्षीया जमुना ओझा र १९ वर्षीय बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

ती महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएपछि पौडेलले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । घाइते दुबै महिलालाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आक्रमणमा घाइते भएकी ओझाका पति वैदेशिक रोजगारीका क्रममा दुबई रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?