Comments Add Comment

काठमाडाैंमा ‘स्मार्ट ट्वाइलेट’ : अध्ययन गर्न बन्यो २ वटा कार्यदल

Photo Credit : काठमाडाैं महानगरपालिका

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि दुई वटा कार्यदल गठन गरेको छ ।

महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा बसेको ‘अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समिति’ले कार्यदल गठन गरेको हो ।

यीमध्ये प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्व गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्नका लागि कार्यविधि तयार गर्नेछ ।

यस्तै सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काˆलेको संयोजकत्वमा गठित समितिले शौचालय निर्माणका लागि स्थान पहिचान गर्ने र स्थान अनुसारको डिजाइन प्रस्ताव गर्ने महानगरपालिकाले जनाएको छ ।

डंगोलको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काˆले, राजस्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख बसन्त आचार्य र कानुन महाशाखाकी शाखा अधिकृत शरि वाग्ले सदस्य रहेका छन् ।

त्यस्तै काˆलेको अध्यक्षतामा गठित कार्यदलमा निर्देशक रविनमान श्रेष्ठ, इञ्जिनियरहरु निर्मलराज बराल, निशा कोइराला र प्रमिला पराजुली सदस्य रहेका छन् ।

नगर कार्यपालिकाको २८औं बैठकले उपप्रमुख श्रेष्ठ खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको अधिकार सम्पन्न समिति गठन गरेको थियो ।

यस समितिमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्न सक्ने अधिकार दिइएको छ भने स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन यकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी पूरा गराउने क्रममा यही समितिले कार्यदल गठन गरेको हो ।

२०७४ सालको स्थानीय निर्वाचन हुनुअघि महानगरले सडक विभागसँगको समन्वयमा ४० ठाउँमा शौचालय निर्माण गर्ने तयारी गरेको थियो ।

सडक विस्तारका क्रममा पहिचान गरिएका स्थानको अवस्था परिवर्तन भएकोले तत्काल काम अघि बढेको थिएन ।

पछि जनप्रतिनिधिको वहाली भइसकेपछि शौचालय निर्माण तथा सञ्चालन गर्ने ठाउँको पहिचान जनप्रतिनिधिमार्फत गराउनु पर्ने भएकोले पनि काम अघि बढ्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment