+
+
Shares

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ७ गते ११:३६

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ-आफ्नो स्थानबाट उठेर बैठकमा अवरोध गरेका हुन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गर्न आग्रह गरे पनि कांग्रेस सांसदहरुले मानेनन् । पहिलो पटक आधा घण्टाका लागि स्थगित गरिएको राष्ट्रियसभाको बैठक पुनः सुरू गर्न खोज्दा फेरिपनि कांग्रेस सांसदहरूले अबरोध गरेपछि माघ १४ गतेसम्मका लागि स्थगित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?