Comments Add Comment

मानव अधिकार आयोग : मोहना अन्सारी र सुदिप पाठकको जिम्मेवारी खोसियो

७ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पाइरहेको प्रवक्ताको जिम्मेवारी खोसिएको छ । त्यस्तै आयोगका अर्का सदस्य सुदिप पाठकको संरक्षण र अनुसन्धान बिभागको जिम्मेवारी पनि खोसिएको छ ।

मानव अधिकार आयोगको प्रवक्ताको जिम्मेवारी भन्दा बिभिन्न गैरसरकारी मिसनको अभियन्ता बनेको आरोप लगाउँदै अन्सारीलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको स्रोतले जनाएको छ ।

आयोगको सही सूचना सम्प्रेषण नहुने र प्रवक्ताका व्यक्तिगत बिचारहरु आयोगको आधिकारिक धारणाका रुपमा मिडियामा प्रकाशन प्रसारण हुने गरेपछि अन्सारीको सो जिम्मेवारी खोसिएको स्रोतको दावी छ ।

मानवअधिकार आयोगको प्रवक्ताको जिम्मेवारी हाललाई आयोगका सचिव बेदप्रसाद भट्टराईलाई दिइएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगका अर्का सदस्य पाठकले अनुसन्धानका क्रममा बिभिन्न गडबडी गरेको पाइएपछि उनको जिम्मेवारी खोसेर अर्का सदस्य गोविन्द शर्मा पौडेललाई दिइएको स्रोतले जनाएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माकै चाहनामा पाठक, अन्सारी र प्रकाश वस्तीको जिम्मेवारी फेरिएको स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस् 

मानव अधिकार आयोग : मोहना अन्सारी र सुदिप पाठकको जिम्मेवारी खोसियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment