+
+
Shares

स्वस्थानी ब्रत सुरु, शालीनदीमा भीड (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७५ माघ ७ गते १२:२२
Photo Credit : चन्द्र आले /अनलाइनखबर

७ माघ, काठमाडाैं । हिन्दु धर्मालम्बीहरुको भक्ति र श्रद्धाको पर्व श्री स्वस्थानी ब्रत सोमबारदेखि सुरु भएको छ ।

एक महिनासम्म घरघरमा स्वस्थानी परमेश्वरीको व्रतकथा पढेर सुनाउने गरिन्छ । एक महिनासम्म चल्ने स्वस्थानि ब्रत बिहान नुहाएर मध्यान्ह पूजा अर्चना गरिन्छ ।

सत्य युगमा बिष्णुको सुझावअनुसार पार्वतीलेे कठोर ब्रत बसी स्वस्थानीको पूजाअर्चना गरेपछि मनोकांक्षाअनुसार महादेव पति पाएको धार्मिक विश्वास छ ।

सोमबारदेखि काठमाडौंको साँखुको शालीनदीमा विशेष मेला लागेको छ । व्रतालु महिला-पुरूषहरुले साँखुलगायत देशभरका नदी, खोला र किनारमा स्वस्थानीको प्रतिमा बनाइ श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेका छन् ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?