Comments Add Comment

नयाँ मर्यादाक्रममा अख्तियारको असन्तुष्टि

७ माघ, काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको नयाँ मर्यादाक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टि जनाएको छ ।

सोमबार बसेको अख्तियारको बैठकले संवैधानिक पदाधिकारीको मर्यादाक्रम विगतमा भन्दा तल राखिएको भन्दै पुनरावलोकन गर्न माग गरेको छ ।

संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने कतिपय बैठकमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीको भन्दा माथि रहेकाले कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालन प्रभावित हुने अख्तियारले बताएको छ ।

त्यस्तै संवैधानिक पदाधिकारीको मनोबलमा समेत असर पर्ने भएकाले मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानेर संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्न अख्तियारले माग गरेको छ ।

यो पनि पढ्नुहोस नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ? (सूचीसहित) यो पनि पढ्नुहोस नयाँ मर्यादाक्रमबाट संवैधानिक निकायको अपमानः लोक सेवा यो पनि पढ्नुहोस मर्यादाक्रममा कर्मचारीभन्दा पदाधिकारीलाई तल राखेपछि निर्वाचन आयोगको आपत्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment