Comments Add Comment

‘दि ब्रेकअप’ ट्रेलरः आशिरमान र शिल्पाको रोमान्स र विछोड

चलचित्र ‘दि ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रेम र ब्रेकअपको कुरा देखाइएको छ । ट्रेलरमा आशिरमानको ब्रेकअपपछि शिल्पासँग सुरु भएको प्रेम कथालाई अन्त्यमा ब्रेकअपसम्म पुगेको देखाइएको छ ।

ट्रेलरमा चलचित्रका अर्का कलाकार रेमनदास श्रेष्ठलाई पनि देख्न सकिन्छ । अष्ट्रेलियाको सुन्दर लोकेशनमा खिचिएको चलचित्रको ट्रेलरमा आशिरमान र शिल्पाको चुम्बन पनि देखाइएको छ । चलचित्रको ट्रेलर हेरिरहदा दशर्कले चलचित्रको पूरा कथा अनुमान लगाउन सक्छन् ।

फागुण १७ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । रूपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक वीसीको लगानी रहेको यस चलचित्रको कथा तथा पटकथा निर्देशक वीसीले तयार गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment