Comments Add Comment

१० लाख धरौटी बुझाएर छुटे पूर्वगभर्नर रावल

७ माघ, काठमाडौं । पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्दामा पूर्वगभर्नर तिलक रावलसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार हाजिर हुन आएका रावलको बयान र थुनछेक बहसपछि विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठका अनुसार सोमबार रावलले १० लाख रुपैयाँ नगद नै बुझाएर बाहिरिएका हुन् ।

अख्तियारको मुद्दा दायर गर्दा रावलसहित अन्य आरोपी फरार रहेको उल्लेख गरेपछि विशेष अदालतले उनीहरुलाई १५ दिनभित्र हाजिर हुन म्याद पठाएको थियो । रावल म्यादभित्रै विशेषमा हाजिर भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment